२०८० भाद्र १८, साेमबार चितवन । भरतपुर ११ स्थित नयाँ किरण टाेलमा रहेकाे शिव लामिछानेको गाई गाेठमा एकै पटक ५ वटा गाई मृत फेला परेका छन् ।

बिहान उठ्दा गाेठका ५ वटा गाईहरु गाेठमै दाम्लाे सहितै मृत फेलापरेकाे गाईपालक किसान लामिछानेले बताउनुभयो । जिल्ला भेटेनरी अस्पताल चितवनका अनुसार गाईलाई फुड प्वाईजन भएकाे हुनसक्ने भताएकाे छ ।

हिजाे साँझ गाईलाई लहरे प्रजातिकाे घाँस खुवाएकाे र बिहान उठेर गाेठमा हेर्दा ५ वटा गाईहरु दाम्लाे मै मृत भेटिएको किसान लामिछानेले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0