२०८०भाद्र १८, साेमबार कालिका, चितवन । कालिका नगरपालिकामा सन्चालित समावेशी शिक्षा परियाेजनाकाे कार्य मुल्यांकन पछि परियाेजनाले सकरात्मक प्रभाव पारेकाे नगर प्रमुख विनाेद रेग्मीले बताउनुभएकाे छ ।

Open photo

साेमबार गरिएकाे स्थलगत सँयुक्त अनुगमन पछि बैठकमा सराेकारबालकाे छलफलमा मेयर रेग्मीले यस्ताे बताउनुभयो हाे । समीक्षा बैठकमा बस्नु अघि सराेकार समुहकाे दुई समुहले कालिका नगरपालिका घरमै आधारभूत शिक्षा लिईरहेका २५ जना बालबालिकाहरुकाे अवस्था र स्थितिकाे बारेमा स्थलगत अनुसन्धानमा आधारित अनुगमन गरेकाे थियाे ।

घर मै वसेर आधारभूत शिक्षा लिईरहेका बालबालिकालाई  ४ जना घुम्ती शिक्षकले घरमै गै सेवा उपलब्ध गराईरहेका छन् । परियाेजनाले सकरात्मक प्रभाव पारेपनि सञ्चालित परियाेजनाकाे निरन्तरता कसरी गर्ने भन्नेमा भने सराेकारवालामा चिन्ता बढ्नु बाहेक विकल्प निस्किनसकेकाे नगर प्रमुख र सामाजिक विकास समितिका सँयाेजक मकरमान श्रेष्ठ बताउनुहुन्छ ।परियाेजनाले लक्ष अनुरुप परिणाम दिने कुरामा आफू विस्वस्थ रहेकाे वताउदै मेयर रेग्मीले भन्नुभयो ‘ हामी याे परियाेजनालाई निरन्तरता दिने विषयमा आजै देखि विभिन्न सँघ सँस्थासँग निरन्तर सहकार्यका लागि लागिपर्ने छाैँ ।’

Open photo

परियाेजना सञ्चालन भएकाे एक वर्षकाे अवधि सकिएकाे अवसरमा आयाेजित अनुगमन टाेलीमा सराेकारवाला सहित नगरपालिकाकाे स्वस्थ शाखा,परियाेजनाकाे साझेदारी सँस्था ह्यान्डिक्याप इन्टरनेशनल र राष्ट्रिय बहिरा सँघ नेपाल प्रतिनिधि लगाएतकाे सहभागीता रहेकाे थियाे ।

Open photo श्रीखबर अनलाइन सञ्चारका लागि

रामलाल कुमाल

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0