२०८०भाद्र २, शनिबार

न अैाँलाले टाईप गर्नुछ न लेख्नु छ – तर साथीकहाँ इमेल पुगिहाल्छ । त्यतिमात्रै नभै तपाईं आदेश दिनुहाेस् – तुरुन्तै कार्य सम्पादनमा हाजिर हुन्छ । अझ मान्छेसँग कुराकानी गर्छ , निर्जीव हाे तर गर्दछ दाेहाेराे कुराकानी । याे सबै प्रविधिमा भएकाे चमत्कार हाे ।

सन् १९९७ मा आईबीएमले तयार गरेकाे कम्प्युटरले चेस मात्रै खेलेन च्याम्पियन ग्यारी कास्पाराेभलाई पनि जित्याे । सन् २००५ मा स्वचालित कार नै प्रदर्शन भयाे । त्यतिमात्रै नभएर सन् २०११मा एप्पलले कम्प्युटरमा “सिरी” नामको कृतिम सहयोगी उपकरणको चमत्कार भित्र्यायाे ।

दिनानुदिन प्रविधिकले एकपछि अर्काे चमत्कार गर्नथाल्याे । वैज्ञानिकहरु अझ हाैसिन थाले । सन् २०१६ पुग्दा साेफियाले एआईकाे उपयोगी ह्यामनाइज्ड राेवाेट भित्यायाे । सन् २०१८ मा ” बर्ट ” नै भित्रियाे । आईबीएमले भित्याएकाे साे आविस्कारले नेचुरल ल्याङ्ग्वेज प्राेसेसिङ ईन्जृक्ट गर्याे । यसैगरी सन् २०२० मा बैदुले एआई अल्गाेरिदमकाे उपयोग गरि काेभिडकाे भ्याक्सिन बनाउने काममा प्रयाेग नै गरियाे । जसकाे प्रयाेगले अन्यतरिका भन्दा १२०गुणा छिटाे कार्य सम्पादन गर्न सम्भव गरायाे । यी सबै आर्टिफिसियल इन्टेलिजेन्स (एआई) काे चमत्कारीपूर्ण आविष्कारबाट सम्भव भएकाे हाे ।

Open photo

एआई त्यस्ताे कृत्रिम बाैद्धिकतायुक्त मेशिनरी प्रविधि हाे जुन प्राकृतिक बाैद्धिकता सरह मेशिनले बाैद्धिक प्रदर्शन गर्दछ । प्रकृति बाैद्धिकता भनेकाे प्राणीले प्रस्तुत गर्ने बुद्धि हाे । आवश्यकता महसुुस गर्नु , समस्या पहिचान गर्नु ,खुशी, दु: खी , आवेग ,उद्वेग , हाँसाे राेदन प्रस्तुत नै प्राकृतिक बाैद्धिकताका लक्षण हुन् भने मेसिनलाई पनि यस्तै कुरा गर्नसक्ने बनाउन चाहिने प्रविधि नै कृतिम बाैद्धिकता हाे । जसकाे आविस्कार नै अहिलेकाे दुनियाँलाई दिनानुदिन आश्चर्य र चकितार्ने प्रविधिकाे प्रयाेग हाे ।

आर्टिफिसियल इन्टेलिजेन्सकाे अैापचारिक अवधारणा भने सन् १९५६ मै आएकाे हाे । न्यू ह्याम्पसायरकाे डर्टमाउथमा भएकाे सम्मेलनमा याे अवधारणा प्रस्तुत भएकाे थियाे । साे कलेजमा भएकाे सम्मेलनमा जाेन म्याक कार्थीले एआईकाे बारेमा व्याख्या नै गरेकाे र यसकाे सम्भावना र उपादयताकाे बारेमा बहस गरेका थिए ।

Open photo

मानिसले सँवेग प्रस्तुत गर्ने क्षमता मध्य दृश्य अवलोकन र अनुभुति,श्रवण र सँवाद,विचार, विमर्श र सम्पादन नै हुन् ।यिनै सजिव तत्वकाे मिश्रणलाई मानिस भित्रकै चमत्कारीक गुणकाे प्रयाेग द्वारा निर्मित निर्जिव बस्तुले सम्पादन गर्ने चमत्कारीक डिभाईस जसले आदेशकाे भरमा कार्य सम्पादन गर्दछ । त्याे चमत्कारिक डिभाइस ( एआइ ) हाे ।

लेखक

Open photo

दीक्षा खनाल- कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर

——————————————————————————————————

( श्राेत: आर्टफिसियल इन्टेलिजेन्स: ए माेर्डन अप्राेच ( दाेश्राे सँस्करण । डिजिटल साक्षरता- डिजिटल मिडिया फाउन्डेसन ) ——————————————————————————————————

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0