जेष्ठ १४, काठमाडौ ।

वि.सँ. १९६८काे जनगणनाकाे तथ्यांकमा नेपालकाे जनसंख्या ५६ लाख ३८ हजार ७४९ थियाे भने जनघनत्व प्रतिवर्ग किलोमिटर ३८ जना रहेकाे थियाे। त्यहि जनसंख्या १९८७ मा आईपुग्दा वार्षिक जनसंख्या वृद्धिदर -०.०७ प्रतिशतका दरले घट्न गै कुल जनसंख्या ५५ लाख ३२ हजार ५७४ रहेकाे तथ्यले देखाउँछ।

जनसंख्या घट्नुमा सरुवा राेगकाे प्रकाेपका साथै राज्यसत्ताले जनतालाई लडाइँमा प्रयाेग हुँदा पारिवारिक विछाेडपन र प्रजनन उमेरका युवा जनशक्तिहरुकाे क्षेती नै प्रमुख कारण रहेकाे देखिन्छ ।

वि. सँ. २०११ सालसम्म आईपुग्दा नेपालकाे जनसंख्याकाे वृद्धिदर २.२७ प्रतिशत पुगेकाे थियाे । जनघनत्व समेत प्रतिवर्ग किलोमिटर ५६ जना र जनसंख्या ८२ लाख ५६ हजार ६२५ पुगेकाे थियाे ।२०१८सम्म आईपुग्दा नेपालकाे जनसंख्यामा केही सँकुचन आएकाे भएपछि जनघनत्वकाे चाप भने बढेकाे देखिन्छ।

त्यतिबेला गरिएको तथ्यांक ले देखाउँछ, उ बेलाकाे जनघनत्वकाे चाप बढेर ६४ पुगेकाे थियाे।२०२८सालमा नेपालकाे जनसंख्याकाे लैङ्गिक अनुपात १०१.४ थियाे भने जनसंख्याकाे बृद्धिदर २.०५ प्रतिशत रहेकाे थियाे। ०३८ सालमा जन्मदर अझै बढेर २.६२ र कुल जनसंख्या बढेर १ कराेड ५० लाख २२ हजार ८३९ पुगेकाे थियाे। २०५८ सालसम्म आईपुग्दा ह्वात्तै बढेर २ कराेड ३१ लाख ५१ हजार ४२३ रहेकाे र जन्मदर समेत २.२५ प्रतिशत रहेकाे थियाे।

गएकाे १० बर्ष अघिकाे जनगणना अनुसार नेपालकाे जनसंख्या वृद्धिदरमा केही सँकुचन आएपनि जनसंख्या २ कराेड ६४ लाख ९४ हजार ५०४ थियाे भने जन्मदर १.३५काे दरले बढेकाे थियाे।

हालै नेपालकाे जनगणनण २०७८सार्वजनिक भैसकैकाे छ। प्राप्त तथ्यांक अनुसार नेपालकाे जनसंख्यामा विगत ८० बर्ष यता सबैभन्दा कम प्रतिशतले बृद्धि भएकाे देखिन्छ।

सार्वजनिक तथ्यांक अनुसार यहाँको जनसंख्या २ कराेड ९१लाख ६४ हजार ५७८ रहेकाे छ भने लैङ्गिक अनुपात ९५.६ रहेको छ। विगत ८० वर्ष यताकै न्यून प्रतिशतले जनसंख्या वृद्धि हुन गै ०.९२ प्रतिशत हुनगएको हाे। हाल नेपालमा प्रतिवर्ग किलोमिटर जनघनत्व १ सय ९८ रहेकाे छ जुन विगत ८० वर्षकाे तुलनामा प्रतिवर्ग किलोमिटर १ सय ५५ ले बढि हाे ।

कम प्रतिशतले जनसंख्या वृद्धि हुनुमा समाजमा ढिलाे गरि बिबाह गर्ने बिबाह गरे पनि आर्थिकसामाजिक रुपमा सबल भएपछि मात्रै सन्तान जन्माउनु याैन उमेरका परिवारका दम्पती लामाे समय एकसाथ नरहनुका साथै परिवार सन्चालन तथा व्यवस्थापन खर्चालु बन्दैजानुले पनि धेरै ढिलाे गरि सन्तान जन्माउने,थाेरै जन्माउने कारणले पनि जनसंख्या मा कम वृद्धिदर हुनपुगेकाे तथ्यले देखाउँछ ।

विश्व बजारकाे यात्राका साथै एकल जिन्दगी जिउने रहरका कारण पनि यस्ताे हुनगएकाे जानकारहरु बताउँछन् ।परिवार नियाेजनका साधन तथा गर्व निस्कासन र निराेधनका साधन र सेवामा हुनपुगेकाे सहज पहुँचका कारणले समेत जनसंख्यामा युग कै कम प्रतिशतले वृद्धि भएकाे हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0