जेष्ठ १२,चितवन।

चितवनमा स्वास्थजन्य सेवाका लागि भन्दा हाेटल र लजका लागि धेरै घरहरु प्रयाेग भैरहेकाे तथ्य सार्वजनिक भएकाे छ। भएका कुल १ लाख ९४हजार ७१२ घरहरु मध्य शैक्षिक सँस्थाले भने ०.९ प्रतिशत अर्थात १७२९ घरहरु प्रयाेगमा ल्याएकाे तथ्यांक कार्यालय चितवनले सार्वजनिक गरेकाे छ। यसैगरी यहाँका ४.८ प्रतिशत अर्थात ९ हजार २७३ वटाघरमा व्यापार व्यवसाय सन्चालन भैरहेकाे छ।

बिहिवार सार्वजनिक तथ्यांकमा भने चितवन जस्ताे सचेत नागरिकहरुकाे बसाेवास रहेकाे जिल्लामा समेत सम्पत्तिकाे पहुँचमा महिला पछि परेकाे देखिनु निराशाजनक स्थिति रहेकाे लैङ्गिक तथा महिलावादी आन्दोलनमा स्नातकोत्तर गर्नुभएका कृष्णप्रसाद खनाल बताउँछन्। जतिसुकै समान अधिकारकाे अफ गरोपनि,जस्ताेसुकै नीति नियमकानुन बनाए पनि जबसम्म सम्पत्ति माथि महिलाकाे पहुँच पुर्याउन सकिँदैन तवसम्म महिला अधिकारकाे गफमा फल नलाग्ने उनकाे तर्क रहेकाे छ ।

” राजश्व कम तिर्न पाईन्छ भनेर वा विदेशमा भएकाले भैगाेन्त तिम्रै नाममा पास गर ” भनेकै भरमा सम्पत्ति माथि महिलाको पहुँच नपुग्ने खनालकाे तर्क छ। महिलाकाे सम्पत्ति माथिकाे पहूँचमा सहजता ल्याउन महिलामा पनि कानुनी र व्यवहारीक चेत आउनुपर्ने र पुरुषमा पनि कतै खतरामा त परिदैन भन्ने डरलाई आशा र भराेशाकाे नजरबाट हेरिनुपर्ने उनी बताउँछन्। महिलालाई सम्पतिकाे हकमा मालिक बनाउदा महिलाले अनावश्यक घमण्ड प्रस्तुत गर्ने र पुरुषले भरपर्दाे विश्वासमा उभिन गाह्राे मान्नु नै महिलाकाे सम्पत्ति माथि पहुँच पुर्याउन असहज देखिएकाृे उनकाे ठहर छ।भरखरै सार्वजनिक गरिएको चितवनकाे तथ्यांकले यहि सँकेत गरेकाे छ।

सार्वजनिक तथ्यांक अनुसार चितवनका कुल ७ लाख १९ हजार ८५९ जनसंख्या मध्य महिलाको सँख्या ३ लाख ६८ हजार ७० रहेकाेमा केवल १५.९९ प्रतिशत महिलाको नाममा घरजग्गा भएकाे र ६९.७० प्रतिशत महिलाकाे नाममा कुनैपनि घरजग्गा नभएकाे देखिएकाे छ।

कृष्ण खनाल भन्छन् – कानुनमा जे व्यवस्था भएपनि हाम्राे सँस्कारमा बुबा वा अघिल्लो पुस्ताबाट अंश बुझिलिदा नै पुरुष ( छाेरा,भतिजा) काे नाममा मात्रै जाने प्रचलन भएकाेले पनि महिलाको नाममा सम्पत्ति नदेखिएको र अप्ठेराे नपरि श्रीमतीको नाम सम्पत्ति जाेड्न धक फुकाउन नसकिरहेको सामाजिक स्कुलिङले गर्दा पनि सम्पत्तिमा महिलाकाे पहुँच पुग्न समस्या देखिएकाे हाे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0