२०८०बैशाख २२

चितवन/ शुभदिन र शुभ साईत पारेर प्रेस चाैतारी नेपाल चितवनले आफ्नो भवनको शिलान्यास गरेकाे छ।बुद्ध पुर्णिामाका दिन चाैतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले आज एक कार्यक्रमका बिच भवन निर्माणको शुभारम्भ गर्नुभएकाे हाे ।

Open photo

भरतपुर ११ स्थित बसेनीमा प्रभु हाउजिङ्ग एण्ड प्रपटी डिलर्सका प्रमुख केशव कार्की द्वारा नि:शुल्क उपलब्ध गराउनुभएकाे उक्त जग्गामा बन्न लागेकाे साे भवन शिलान्यास कार्यक्रममा प्रेस चाैतारी नेपालका महासचिव हिरामान लामा, नेकपा एमालेका जिल्ला अध्यक्ष रामप्रसाद न्याैपाने , पत्रकार महासँघका केन्द्रीय सचिव सिर्जना अर्याल ,जिल्ला सभापति नारायणप्रसाद अधिकारीका साथै उद्योग बाणिज्य सँघका उपाध्यक्ष राजेन्द्र ओली लगाएतका अतिथि महानुभावले निर्माण हुन गैरहेकाे चाैतारी भवनले चितवनको समग्र पत्रकारीता जिवनमा सकरात्मक र परस्परिक सहयाेगमा महत्त्वपूर्ण याेगदान पुर्याउने बताउनुभयो।

Open photo

भवन निर्माणका लागि नेकपा एमाले चितवनका अध्यक्ष रामप्रसाद न्याैपानेले १ लाख १ हजार २१ रुपैयाँ सहयोग गर्ने हुनुभएको छ भने प्रस चाैतारीका केन्द्रीय अध्यक्ष बस्नेतले ५० हजार ५५ रुपैयाँ सहयोग गर्ने समेत घाेषणा गर्नुभएको छ।

Open photo

सुविधा सम्पन्न ३ तले बन्ने उक्त भवन निर्माणका लागि चाैतारीका केन्द्रीय निर्वाचन आयाेगका सदस्य नवराज ढकालले रु.५० हजार सहयाेग गर्नेहुनुभएकाे छ भने व्यवसायी वचन कार्कीले रु ५५ हजार ५ सय ५५ सहयाेग काे घाेषणा गर्नुभयाे ।

Open photo

चितवनकाे मात्र नभएर समग्र चाैतारी काे याे नै पहिलाे आफ्नाे भवन रहने र यस भवन निर्माण पस्चात प्रेस चाैतारी चितवनले व्यवस्थित रुपमा पत्रकार र पत्रकारारीताकाे कार्यमा मजवुद याेगदान पुर्याउने चाैतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले बताउनुभयो ।भवन निर्माणका लागि नेपाल पत्रकार महासँघ चितवनका सभापति नारायणले समेत १ ट्रक ढ्ङ्गा सहयाेग गर्नुहुने भएकाे छ।

Open photo

शिलान्यास कार्यक्रम काे समेत अध्यक्षता गर्नु भएका प्रेस चाैतारी नेपालका चितवन अध्यक्ष सुवास पण्डितले सबैकाे सहयोगमा याे भवन यहि २०८० साल भित्रै पूराहुने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0