२०८०बैशाख २२
चितवन/भरतपुर ३ स्थित आफ्नै अफिसमा झुन्डिएर आत्महत्या गरेका व्यवसायी शँकर कँडेल काे बिषयमा दुरुत्साहन आराेपमा किटानी परेका मध्य प्रहरीले १ जनालाई पक्रेको छ।
पक्राउ पर्नेमा बझाङ छविसपाथिभेरा १ घर भै हाल भरतपुर ८ बस्ने ३६ बर्षका जीवन बहादुर रावल रहेकाछन् / प्रहरी प्रवक्ता विजयराज पण्डितका अनुसार किटानी जाहेरी परेका मध्य उनी एकजना पक्राउ परेका र अर्को व्यक्तिको खाेजी भैरहेको छ।अनमाेल फिड्स काे ८५ प्रतिशत शेयर खरिद गरेका प्रदिप रुङ्गटा समेतकाे विरुद्धमा किटानी परेकाे उनी अझै पक्राउ परिनसकेकाे चितवन प्रहरीले जनाएको छ।
आराेपीहरुलाई पक्राउ गरि कानुनी अनुसन्धान हुनुपर्ने माग उद्योगी व्यवसायी तथा आमनागरिकहरुकाे रहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1