२०८० बैशाख १०

चितवन/ छिटफुट घटना बाहेक शान्तिपूर्ण तवरबाट चितवन २ काे मतदान कार्य सम्पन्न भएकाे छ । भरतपुर ११ स्थित नयाँ किरण मा वि मा रहेकाे मतदान स्थलमा रवि लामिछानेका समर्थक र अन्य दलका कार्यकर्ता बिच हाेहल्ला गरेपछि करिव ४ घण्टा राेकिएकाे मतदान कार्य ४ बुदे समझदारी पश्चात् सुचारू भएकाे थियाे भने कृष्णपुरकाे बुथामा पनि केहिबेर हाेहल्ला भएकाे थियाे ।

चितवनमा यस पटक अघिल्लो निर्वाचनमा भन्दाफ५ हजार ७ सय ४० मत कम खसेकाे छ ।गत चुनावमा ६७.६३% मत खसेकोमा यसपटक ६३.७७%मात्र मत खसेकाे छ ।गत बर्ष १ लाख २४ हजार २ सय १७ मत मध्य ८४ हजार १७ मत खसेकोमा यस पटक १ लाख २४ हजार ६ सय ९७ मतदाता मध्य ७८ हजार २ सय ७७ जनाले मतदान गरे ।

यतिखेरसम्म पुरै मत पेटिका मत गणना स्थल उद्योग परिसर भित्र आई पुगिसकेकाे भए पनि नेपाली काङ्ग्रेसले रवि लामिछाने र सिडियाे समेतका नाममा दिएकाे उजुरी उपर सुनुवाइ नभएसम्म मत गणना हुन नदिने अडान राखेको छ ।आज करिव १२ बजे नयाँ किरण बुथमा रवि लामिछानेका समर्थकहरुले हाेहल्ला गर्दा लाठी चार्ज समेत भएकाे थियाे ।४ बुँदे समझदारी गर्दै २ घण्टा समयावधि थप्दै मतदान भने सुचारु गरिएको थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0