cultural conference kathmandu

आशिष आचार्य / बागमती प्रदेश, काठमाडौं

९ फागुन २०७९, काठमाडौं । 

बागमती प्रदेश सहित समग्र नेपाली कला, सँस्कृति, साहित्य र सिर्जनाकाे खाजी, सँरक्षण र प्रवर्द्धन गर्दै समग्र समाजकाे खाेज, अन्वेषण गर्ने उद्देश्यले बागमती प्रदेशले साँस्कृतिक सम्मिलन-२०७९ गर्ने भएको छ।

चैत १२ गतेबाट ३ दिनसम्म सन्चालन हुने साे कार्यक्रम काे राष्ट्रिय जनसास्कृतिक महासङ्घ,नेपाल बागमती प्रदेशको फागुन ९ गते काठमाडौंमा सम्पन्न चाैथाे पूर्ण बैंठकले तय गरेको हाे ।

कार्यक्रमलाई लक्ष्यित उद्देश्य पूरा गर्ने गराउने उद्देश्यले विभिन्न विषयगत उपसमितिहरु गठन गरेकाे छ। कार्यक्रममा प्रदेश भित्रका १३ वटै जिल्लाबाट विधागत सहभागिता गराउदै सामुहिक अध्ययन, अवलाेकन, निर्माण तथा प्रस्तुति गरिने प्रदेश कमिटी सचिव डाक्टर रमेश शुभेच्छुले जानकारी दिए ।

३ दिने उक्त सम्मिलनमा विभिन्न ५ वटा कार्यपत्र प्रस्तुत गरिने छ भने विभिन्न विमर्श, परिसँवाद, कवि गाेष्टी तथा कला प्रस्तुत गरि परिणाम प्रस्तुत गरिने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0