Open photoकृष्ण खनाल,चितवन

( सदस्य – कृषि पत्रकार महासँघ , बागमती प्रदेश )

FRUITS अर्थात Friendly , Respact, unity ,Integrity,Transparency र Support . यिनै सँस्थागत मूल्य मान्यतालाई आत्मासाथ गर्ने भनेर क्रियाशील सँस्था ” राष्ट्रिय कृषक समूह महासँघ नेपाल – कृषकहरुकाे सँगठित रुप हाे ।

नेपालभर छरिएर रहेका वास्तविक कृषकहरूकाे पहिचान गरि सँगठित रुपमा कृषक समूह , पशु सेवा समूह र कृषि तथा कृषि उत्पादनसँग सम्बन्ध राख्ने सहकारी समेतलाई समेटेर बनेकाे कृषककाे सँगठित सँस्था समेत हाे याे ।

गैर राजनीतिक रुपमा स्थापित याे सँस्थाले आफ्ना ६३वटा जिल्लामा शाखा बिस्तार गरेकाे जनाएको छ भने ४ सय १५काे हाराहारीमा गाउँ /नगर महासँघ गठन गरेकाे जनाएको छ। कृषि तथा पशुसँग सम्बन्ध राख्ने करिव ५२ सय समूह राष्ट्रिय महासँघमा आबद्ध रहेको जनाएको छ ।

स्वावलम्वी मर्यादित र सम्मानित किसान महासँघकाे सराेकार , सेवामा पहूँच र नीतिगत तहमा प्रतिनिधित्व हाम्रो अधिकार भन्ने दूरदृष्टिका साथ सिमान्तकृत , भूमिहीन , महिला र साना कृषकहरुलाई आत्मासम्मानपूर्ण जिन्दगी यापनकाे सुनिश्चितताका लागि उपलब्ध श्राेत र साधनको परिचालन मा नेतृत्व प्रदानगर्ने ध्ययका साथ हर हिसाबले साना किसानकाे पहूँच बढाउन याे महासँघकाे स्थापना भएकाे जनाएको छ ।

कृषकलाई एकताबद्ध गरि सहयोग र एकतामा वृद्धि , ज्ञान र सीप काे प्रसारण गर्दै राज्यका हरेक निकायसँग सहकार्य र सहभागीता गर्दै किसानकाे हक,अधिकार र हितकाे सँरक्षणमा टेवा पुर्याउनु महासँघकाे उद्देश रहेकाे सँघले जनाएको छ।

स्वावलम्वी मर्यादित र सम्मानित किसान महासँघकाे सराेकार , सेवामा पहूँच र नीतिगत तहमा प्रतिनिधित्व हाम्रो अधिकार भन्ने दूरदृष्टिका साथ सिमान्तकृत , भूमिहीन , महिला र साना कृषकहरुलाई आत्मासम्मानपूर्ण जिन्दगी यापनकाे सुनिश्चितताका लागि उपलब्ध श्राेत र साधनको परिचालन मा नेतृत्व प्रदानगर्ने ध्ययका साथ हर हिसाबले सानाकिसानकाे पहूँच बढाउन याे महासँघकाे स्थापना भएकाे हाे ।

Open photo

कृषकलाई एकताबद्ध गरि सहयोग र एकतामा वृद्धि , ज्ञान र सीप काे प्रसारण गर्दै राज्यका हरेक निकायसँग सहकार्य र सहभागीता गर्दै किसानकाे हक,अधिकार र हितकाे सँरक्षणमा टेवा पुर्याउनु महासँघकाे उद्देश रहेकाे सँघले जनाएको छ।

महासँघले किसानकाे पहिचान , वर्गीकरण का साथै कृषक परिचयपत्र काे व्यवस्थाकाे मागकाे विषयमा आवाज उठाउने , कृषक पेन्सन काे लागि राज्यसँग मागका कार्यक्रमहरु गर्ने जनाएको छ । किसानलाई सुलभ ब्याजदरमा कृषि ऋण काे व्यवस्था हुनुपर्ने ,कृषिमैत्री भूउपयोग नीति तथा भूमिहिन किसानलाई सहजरूपमा जग्गा भाडामा पाउनुपर्ने महासँघकाे माग रहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0