Open photo

कृष्ण खनाल, चितवन

२०१८ साल असार २ गते काठमाडौं ठहिटी स्थित गणेश मन्दिर परिसरमा सालनाल सहित भट्टाईएकाले उहाँको बुबा आमाको पत्ताे छैन , खबर सन्जालमा खबर छ ।

वहाँकाे भने श्रीमती कमलेश्वरी, छाेरी निर्वाणा र छाेरा सँबुद्ध छन् ।

चित्रकार विकासानन्द बालककालमा भने बदमास थिए रे । चित्रकार भएपछि सन् १९७९ ताका साेभियत सँघ घुम्ने माैका पाएका उनले १९८१मा सम्पूर्णानन्द विश्वविद्यालय बनारसबाट षड्दर्शनमा डिप्लोमा  गरेका थिए  ।

उनले १९९७मा भारतकाे कलकत्ताबाट याेग,रेकी,प्राकृतिक चिकित्सा र अकुप्रेसर विषयमा डाक्टर उपाधि प्राप्त गरेकाे बताईन्छ ।

आफू कव्जियतकाे राेगी भएकाे र सैयाैँ उपचार र ओखती मूलाे गर्दापनि निकाे नभएकाे विकल्पकाे उपचार खाेज्दैजाँदा उनले जनकपुरमा ध्यानगर्ने क्रममा सविकल्प समाधि प्राप्त भएकाे बताईन्छ ।

Open photo

भारतकाे बैँङ्लाेरमा डाक्टर मैत्रीकाे राहवरमा गरिएकाे कुण्डलिनी वैज्ञानिक परिक्षणका क्रममा उनकाे मस्तिष्कमा महत्वपूर्ण सेल र तरँगहरु भटिएकाे जनाईन्छ ।पछिहुने घटनालाई समेत ज्ञान र अनुभवबाट पहिल्यै कल्पना गर्नसक्ने विषय प्रकारकाे ज्ञानाभास हुन गएकाे र विलक्षण प्रतिभा प्रकट भएको थियाे , जसलाई तेस्राे नेत्रकाे क्रियाशीलता भनी सँस्था द्वारा प्रेसित खवरमा उल्लेख छ ।

सँसार सत्य हाेईन बरु शव्द नै सत्य हाे जसले सत्यकाे निर्माण गर्दछ भन्नुहुने विकाशानन्द वैज्ञानिक मनाेकक्रान्ति याेगकाे स्थापनाकार हुनुहुन्छ ।हठ याेगसँग सम्बन्ध राख्ने शिव सँहिता, घेरण्ड सँहिता र हठ याेग प्रदीपिका जस्ता याेगाभ्यासलाई वैज्ञानिक सूत्रमा प्रतिपादन गर्दै विकाशानन्द याेग गुरु तथा याेग साधकमा रुपान्तरण हुन गै हाल मनाेक्रन्ति( S.M.A.R.T) द्वारा सँगीत , ध्यान , स्वसक्रिया , हास्य जस्ता याैगीय कलात्मक विधिद्वारा व्यक्तिमा निहित समस्या समाधानमा सरिक हुनुहुन्छ ।

पाेखरा २३ काे बराङ गाऊँमा झण्डै ४० राेपनी क्षेत्रफलमा रहेकाे विकासानन्द फाउन्डेसन विश्वपरिवार नामकाे सँस्था छ जहाँ आधुनिक ध्यान केन्द्र सहितका कैयौं सँरचना रहेका छन् । जहाँ गाभा ध्यान , काभा ध्यान , नाभा ध्यान , सत्य सँवाद तथा रेकी जस्ता शारीरिक तथा मानसिक उर्जा उत्पन्न हुने खालका ज्ञान प्रशिक्षण गरिन्छ । जसका प्रभावले व्यक्तिमा खराब बानीमा परिवर्तन , शारीरिक तथा मानसिक राेगमुक्ति,सम्बन्ध र सद्भावमा सँवृद्धि का साथै तनावमुक्त समाज निर्माण सार्थकता प्राप्त गर्ने अनुभवीहरु बताउँछन् ।

Open photo

करिब २५ वर्ष पहिले देखि नेपालमा रैकी अभ्यास भैरहेकाे र याे विधि भित्र्याउने श्रेय समेत डा . विकासानन्दमा जाने बताईन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0