याेगदानलाई सम्मान द्वारा कदर गरिएको राजेन्द्र काे जिन्दगी
        जसै कला साहित्य र श्रृजनाकाे माध्यमबाट राजेन्द्रले समाजलाई गुन लगाउनथाले तसै समाजले पनि उनलेे लगाएकाे सामाजिक सास्कृतिक गुनलाई कदर ,सम्मान र जिम्मेवारी थपिदिएर गुन फर्काएर उनकाे जिन्दगीलाई सुगन्धमय बनाउन कन्जुस्याइँ गरेकाे छैन ।
२०७२ सालमै बर्दियाको कालिकाबाट प्राप्त गर्न शुरुगरेकाे कालिका म्युजिक अवार्ड पछि निरन्तर उनी सम्मानित हुदै बढ्दैछन् , आफ्नै कर्म क्षेत्रमा ।जिनियस म्यूजिक अवार्ड -२०७५ , नेपाल म्युजिक तथा फेसन अवार्ड -२०७७, विराट म्युजिक अवार्ड – २०७८ देखि क्वालिटी ईन्टरनेशनल अवार्ड ,दाेश्राे हिमालयन इन्टरनेशनल अवार्ड ,दशाैँ नेपाल अफ्रिका फिल्म फेस्टिवल -२०२२,नेशनल क्यापिटल अवार्ड समेतबाट सम्मानित भैसक्नुभएका सँगितकार राजेन्द्र बजगाईँ सर्वात्कृष्ट आठौं नेशनल क्यापिटल अवार्ड ,परिवर्तन तारा सम्मान,राष्ट्रिय व्यक्तित्व तथा श्रष्टा सम्मान , राष्ट्रिय कलाकार सम्मान लगाएत थुप्रै सम्मानबाट सम्मानित भैसक्नुभएकाे छ ।
Open photo
समाज सँगित र श्रृजनाकाे माध्यमबाट पुर्याउनुभएकाे याेगदान प्रति सचेत हुदै थुप्रै सँघ सँस्थाकाे समेत जिम्मेवारी र आवद्ध श्रष्टा बजगाईँ बर्दियाली कलाकार समाज , सँगितकर्मी सँघ , राेयल्टी सँकलन समाज , गितकार सँघ नेपा, प्रस्ताेता समाज नेपाल लगाएत थुप्रै सँस्थामा जिम्मेवारी समेत आवद्दता रहनुहुन्छ ।
एकान्तमा बस्छु म त , बजाउ बाँसुरी देखि मुसुमुसु हाँसेर ,ओ मेराे परान ,चिनी अमिलाे , मेरी डल्ली , फूल चाेरसम्म आई पुग्दा करिव ८ सय भन्दा बढी सँगितमा शुर र ताल भरसक्नु भएका सँगित साधक राजेन्द्र बजगाईँ नेपाली सँगित जगतकाे उज्ज्वल नक्षेत्र हुनुहुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0