कृष्ण खनाल, चितवन

शिवरात्रीकाे पूर्वसन्ध्या पारेर विकासानन्द फाउन्डेसन विश्व परिवार , चितवनले मैनवत्ति सहितको सन्ध्याकालीन -याली निकालेकाे छ ।

२०२८ साल असार २ गते काठमाडौंकाे ठहिटीकाे गणेश मन्दिरमा सालनालसहित भेट्टाईएका भनी चर्चामा रहनुभएका विकाशानन्द द्वारा स्थापित तथा प्रतिपादन मनाेक्रान्ति याेगकाे सँस्थागत रुप विकासानन्द फाउण्डेसन देशभर लाखौंको सहभागीतामा कृयाशित छ ।

पाेखरा २३बराङ गाउँमा झन्डै ४० राेपनी जग्गामा सुविधा सम्पन्न आश्रम रहेकाे साे फाउन्डेसनकाे आयाेजना मा याेग गुरु विकासानन्दकाे अगुवाइमा गाभा ध्यान,काभा ध्यान , नाभा ध्यान जस्ता मेडिटेसनमा आधारित ध्यान तथा याेगाभ्यास सन्चालनमा रहेकाे जनाईएकाे छ ।

Open photo

विगत ४२ वर्ष देखि देश विदेशमा अनुसन्धान तथा गहनतम याेग अनुसन्धान सन्चालन गरि ख्याति कमाईसक्नुभएका मनाेक्रान्तिका प्रवर्द्धक याेग गुरुकाे अनुभव र ज्ञानलाई विश्वव्यापी बनाउने उद्देश्यले “विकासानन्द फाउन्डेसन विश्व परिवारकाे स्थापना भएकाे सँस्थाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0