२०८१ बैशाख १० , साेमबार

चितवन । ४० बिगाहा जमिनमा केरा खेती गर्नुभएका नेत्र रेग्मी पूर्वी चितवनमा गठित केरा पकेट क्षेत्रकाे समिति सदस्य समेत हुनुहुन्छ ।

जिन्दगीको ११ बर्ष खेरा खेतीमा बिताउनु भएका रेग्मी भन्नुहुन्छ ` राज्यले दिनुपर्ने सुबिधा र सहयाेगकाे त के कुरा गुनासाे सुनाउने व्यक्ति र निकाय समेत नपाउँदा भने दुःख लाग्छ ।´

पाेहाेर सालकाे हावाहुरीले ठूलाे सँख्यामा केरा खेती नाेक्सान गर्याे , बीमा गरेर पनि अहिलेसम्म क्षेतीकाे रकम नपाएको दुखेसाे गर्दै रेग्मी भन्नुहुन्छ ` यसपालि धेरै ठुलो खडेरी गयाे । बर्ष दिन कुरेर ४-५ सय लिम्ला प्रतिघरीबाट भन्याे त्यहि पनि सुकेर जाेगाउनै मुस्किल ´ ।

खेरा बगानमा थामै कुहिने र पात पहेँलिने राेग लाग्याे केहिगर्दा पनि बिरुवा जाेगाउन नै सकिएन भन्नुहुन्छ -रेग्मी।

कमसेकम हाम्राे देशमा बाली फलेकाे पिक आवरमा मात्रै भएपनि भारतबाट केरा भित्याउन सरकारले राेक्ने पहलमात्रै गरिदिए  नेपाली केराले बजार पाउने वहाँकाे आश छ ।

छिमेकी मुलुकमा राज्यले किसानलाई सबै सुविधा दिएकाे छ । मल , बीउ , प्रविधिक देखि सिचाइसम्म नि: शुल्क दिएकाे छ । अैाजार उपकरणहरु अनुदान र सहुलियतका छन् , हाम्राे हालत सबैलाई थाहा छ भन्दै रेग्मी भन्नुहुन्छ ` समयमै विषादी नपाएर भारतबाट आएका म्याद गुज्रिएका बिषादी र भिटामिन प्रयाेग गर्नुपरेकाे छ ।

`शिखर इन्स्योरेन्ससँग बीमा गरेका छाैँ , उनै आधिकारिक सँस्था हाे रे तर अहिलेसम्म पाेहाेरकाे बीमा रकम पाईएकाे छैन , अर्काले हेर्दा त ठुलै केरा साहु हाैँ तर आफ्नाे व्यथा कसलाई सुनाउने ´ – बगान भित्रै सुस्केराउदै रेम्मीले भन्नुभयाे ।

हाल केरामा विभिन्न किसिमका राेगले आक्रमण गर्दा किसानहरु ठुलाे मर्कामा छन् ।

केराकाे थाममै घुन लाग्ने ,गानु मै घुनलाग्ने,पात ओईलाएर भाँचिने देखि बन्ची टप अर्थात पातमा धब्बा हुने , काेत्रे , गानाे कुहिने जस्ता राेगका कारण बर्षेनी केरा बगानहरु मासिदै गैरहेका छन् । यस्ता राेगकाे उपचार अझै प्रभावकारी देखिएकाे छैन ।

केरामा राेग लागेपछि बिरुवा नै उखेलेर समुल नष्ट गर्नुपर्ने भएकोले किसानहरुलाई ठुलाे मर्कापर्नेगरेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0