२०८१बैशाख ४, मँगलबार

बढैयाताल, बर्दिया । साविक कालिका ४ , हाल बढैयाताल गाउँपालिका – ९ स्थित प्राचीन कालिका मान्दिर परिसरमा निर्माण गरिएकाे सीता ,राम र लक्ष्मण काे प्रतिमाकाे रामनवमीकाे दिनपारेर बैशाख ५ गते प्राणप्रतिष्ठा हुनेभएकाे छ ।

हरिप्रसाद र नन्दकलाका काेखबाट जन्मनुभै हाल बढैयाताल – ८ सितला बजार बस्ने ३७ वर्षीय सुर्य ढकालले अनवरत रुपमा १ महिना भन्दाबढी समय लगाएर निर्माण गर्नुभएकाे साे मूर्तिकाे कच्चापदार्थ  लागत दुईलाख बढि रहेकाे ढकाल बनाउनुहुन्छ ।

निरन्तर परिश्रम पछि तयार भएकाे साे देव मुर्तिहरुकाे भाेली बैद्धिक विधि द्वारा पूजन गरि प्राणप्रतिष्ठा गरिने कार्यक्रम रहेकाे मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

कालिका मन्दिर प्राचिन भएकाे स्थानीय बताउँछन् । २०३२/३३ सालतिर लामाे समय पानी परेन । घनाजँगलमा सरकारले पुनर्वास गरि बस्ती बसाएकाे थियाे । पानी नपरेपछि त्यतिखेर सामाजिक अगुवाहरुले कतै मठ मन्दिर छ कि भनी खाेजीगर्दा घना जँगलकाे बीचमा  रुखकाे नजिकै मुर्ति सहितकाे पूजास्थल फेलापरेकाे साे जँगल छेउछाउ बस्नेले याे कालिका माईकाे मन्दिर हाे भनेपछि   गाउँहरुले मन्दिर निर्माण गरिउतिबेलादेखि हरेक पर्व विशेषमा पूजनकार्य गर्दै आईरहेकाे स्थानीय अगुवाहरु बताउँछन् ।

भाकल आदि विभिन्न आस्तिक थलाे रहेकाे याे ऐतिहासिक कालिका मन्दिर परिसरमा राम, सीता र लक्ष्मणकाे मूर्तिमा विधिवत प्राणप्रतिष्ठा गरिने कार्यक्रमले आफू हर्षित भएकाे गायत्री सँस्कार सँरक्षण समिति बढैयातालका टिकाबहादुर अधिकारी बताउँछन् ।

साेहि मन्दिरकाे नामबाट साविकमा कालिका गाउँ पञ्चायत र पछि कालिका गाउँपालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0