२०८१ बैशाख ४,मँगलबार

पाईलट बनेर खुल्ला आकाशमा आफुसँगै दुनियाँलाई उडाउने सपना बाेकेर  काठमाडौं झरेका दिनेश केसी आफ्नाे बाटाेले कला सहित गला राेजेपछि यसैकाे माध्यमबाट सँसारका २५ भन्दाबढि मुलुकहरु घुम्ने र प्रस्तुति पस्कने अवसर प्राप्त गरेकाे बताउँछन् । कलाकारिताबाटैआत्मा सन्तुष्टिका साथै धेरै अवसर र मायाँ पाएकाे उनकाे उनकाे बुझाइ रहेकाेछ।

आफू  मजबुत क्यारिएरकाे लागि निरन्तर क्रियाशील रहिरहेकाे बताउने केसी भन्छन् ` कलाकारितामा निरन्तरताका लागि रहरलाई याेजना र लगावमा बदल्न सक्नुपर्छ ´

चितवनका विभित्र क्षेत्रमा भैरहेको चलचित्र `जुनकीरी´काे छायांकनमा महत्त्वपूर्ण भूमिका  रहेकाे अवस्थामा कार्यक्षेत्रमै

# दिनेश जी सर्वप्रथमत: भरतपुरकाे भूमिमा तपाईं सहित जुनकिरी टिमलाई हार्दिक स्वागत छ । चलचित्र जुनकिरीकाे महत्त्वपूर्ण क्यारेक्टरमा रहनुभएकाे देखिन्छ , के कारणले याे चलचित्रमा अभिनय गर्न परिस्थिति बन्याे ?

* राजेश- सर्वप्रथम: श्रीखबर टिमलाई मेराे र हाम्राे तर्फबाट पनि हार्दिक नमस्कार । चलचित्र जुनकीरी कै प्रशँग उठ्याे । पहिलाे कुरा त जुनकीरीकाे कथावस्तु न‌ै यति बलियाे छ कि चलचित्र तयार भएपछि जब याे प्रदर्शनी जाने छ त्यतिखेर हेर्ने हरेक दर्शकले कतै आफ्नै कथालाई टिपेर चलचित्र त बनेन भन्नेलाग्ने छ ।

दाेश्राेकुरा याे नारी प्रधान सामाजिक चलचित्र हाे । एउटी नारी कुन सपना बाेकेर शहर पसेकाे हुन्छे तर शहरीया परिवेशले उसलाई कसरी फसाउँछ र सारासम्पति, भएकाे घरवार उजाडिएर आफैँलाई आत्माहत्या गर्न विवश हुन्छे भन्ने विषयलाई परिकल्पनाकार तथा निर्देशकले असाध्यै मिहिनेतका साथ प्रस्तुत गर्नुभएको छ ।

 

चलचित्रमा  खेलेकाे नकारात्मक क्यारेक्टरले समाजमा सकरात्मक सन्देश दिनेमा विश्वस्तरहि याे प्रस्ताममा राजी भएकाे हुँ ।

# चलचित्र क्षेत्रमा कसरी प्रवेश गर्नुभयाे अलिकति बताईदिनुस् न ।

* कुनै पनि काममा आउन विशेषत तीन कुराले महत्त्व लिँदाेरहेछ । एक त आन्तरिक चाह ,अर्काे उचित बाताबरण र तेश्राे भनेकाे उचित सँगत नै हाे ।

मेरा शाेख खुल्ला आकाशमा आफुसँगै दुनियाँलाई आकाशमा उडाउने थियाे । याे अझै मरेकाे छैन ।

शुरुमा त रहर नै हाे । विस्तारै याे रहर शाेख हुँद‌ै पेशामा रुपान्तरण भयाे । साहेद सँगत  त्यस्तै भएरहाेला ।

# चलचित्र बाहेक नि ?

* मेराे अन्तरमनकाे विषय उठाउनुभयाे धन्यवाद ।  याे बाहेक गाउने र श्रृजना गर्ने हाे । निकट भविष्यमै ` तिम्राे आगमनले´ म्यूजिक भिडियो आउँदैछ ।

विश्वका २४ भन्दा वढि मुलुकमा पुगेर गायन प्रस्तुत गरेकाे छु ।

# अलिकति अगाडि बढाउँन गफबातलाई, हैन याे कलाकारीता आफैँ हुन्छ कि बनाईन्छ ?

* याे पनि महत्त्वपूर्ण विषयकाे उठान हाे । पहिलाे कुरा त हरेकलाई भगवानले नै विभित्र खाले प्रतिभा दिएका हुन्छन् जस्ताे लाग्छ । कस्काे कस्ताे प्रतिभाले उचित वातावरण पायाे भन्ने हुन्छ ।

प्रकृति द्वारा प्राप्त वरदानलाई अझ परिस्कृत बनाउने जिम्मा भने आफ्नै हाे ।

# दिनेश जी तपाईं कलाक्षेत्रमा रमाउँद‌ै हुनुहुन्छ , याे क्षेत्रमा आउन अवसर पर्खेर बसेका हिजाेका तपाईंजस्ता आजका युवालाई तपाईंको के सन्देश छ ?

* बाेझिलाे कुरा उठाउनुभयाे । हरेकका चाहना हुनु स्वभाविकै हाे । म सबै याे क्षेत्रका लागि सपना देखिरहनुभएका साथीहरूलाई कसैकाे लहैलहैमा नभै याेजनाबद्ध सपना र याेजना लिएर प्रवेश गर्नुहाेस् भन्न चाहन्छु । तपाईंको निरन्तर लगाव र कामप्रतिकाे ईमानदारीताबाट मात्रै सफलता सम्भव छ, यत्ति भनाैँ ।

अर्काे कुरा समाजले कलाकर्मीका दैनिक कृयाकलापलाई ज्यादै नजिकबाट हेरिरहेका मात्र हुँदैनन् उसका व्यवहारकाे सिकाे समेत गरिरहेका हुन्छन् । त्यसैले समाजलाई सकरात्मक सन्देश दिनेगरि विषय तयारपार्न र जिवनयापनमा ख्यालगर्न समेत सबैमा अनुराेध गर्दछु ।

# कला क्षेत्रमा लागेर के पाउनुभयाे के गुमाउनुपर्याे त ?

* मेरा घरव्यवहार र पाइलट बन्ने चाहना पूरागर्ने समय व्यवस्थापन हुन सकेनहाेला , बाँकी कुरा पाएकाे छु ।

कमाए पछि देशविदेश घुम्नजाउँला भनेर बसेकाेभए आजपनि म यतै हुन्थेँ । २८ भन्दाबढी मुलुक त कलाक्षेत्रमा लागेकै कारणले पुग्नसकैँ।

#सिनियर कलाकार सम्झनुपर्दा शुरुमा पर्ने नाम कस्ता छन् ?

* मेरा आदरणीय अभिभावकहरुकाे सम्झना गराइदिनुभयाे । यतिखेर मेराे दिमागले आदरणीय राजेश हमाल दाइ, करिस्मा दिदी र अरुणीमा लम्साललाई सम्झिरहेकाे,जाेसँग सँगै कामगर्ने रहर भित्रकाे याेजना ताजै छ ।

# छाेटाे समयलाई व्यवस्थापन गर्दै कुराकानी गर्ने अवसर र तपाईंलाई धन्यवाद । जुनकीरी र तपाईंको टिमकाे सफल समयकाे शुभकामना ।

* छाेटै समय भएपनि केही भावना पाेख्ने अवसरका लागि श्रीखबर अनलाइन र तपाईं प्रति आभारी छु , धन्यवाद ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
5
+1
0
+1
0
+1
0
+1
0