चितवन । भरतपुर अस्पतालमा अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालय र हिमालयन ट्रष्ट नेपालको सहकार्यमा कोरोनाविरुद्ध मुखबाट दिइने एमेटिन औषधिको प्रभावकारिता मूल्यांकन गर्न औषधिको क्लिनिकल परीक्षण हुनेभएकाे छ ।
बिरामीलाई र्यान्डम छनोटका आधारमा यो औषधि दिए पछि ९० दिनसम्म क्लिनिकल मूल्यांकन र प्रयोगशाला परीक्षणसहित फलोअप मूल्यांकन गरिन्छ । यस अध्ययनमा सहभागी हुन कोरोनाका बिरामीहरु ५० वर्ष वा सो भन्दा माथिका उमेर भएको, कोरोना पोजेटिभ भएको पाँच दिनभित्र कोभिड–१९ को लक्षण अनुभव गर्दै गरेको व्यक्ति हुनुपर्ने भरतपुर अस्पतालका प्रमुख अनुसन्धानकर्ता डा कल्याण सापकोटाले पत्रकार सम्मेलनमा जानकारी दिए ।
परीक्षणबाट कोभिडको औषधिले प्रभावकारी ढंगले काम गर्छ वा गर्दैन भनी जाँच गर्नु रहेको आज भरतपुर अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
मुसामा गरिएको परीक्षण प्रभावकारी देखिएपछि मानिसमा गर्न लागिएको सम्मेलनमा जानकारी दिइयो ।
क्लिनिकल परीक्षणमा सहभागी हुने बिरामीको बिमा गरिने जोन्स हप्किन्स विश्वविद्यालयका अर्का प्रमुख अनुसन्धानकर्ता डा कुन्चोन दोर्जीले बताए । औषधिको साइड इफेक्ट एकदमै कम रहेको भन्दै उनले बिरामीको नियमित फलोअप हुने र यातायात खर्चको व्यवस्था गरिने बताए ।
परीक्षणमा बिरामीहरु पूर्णतया स्वैच्छिकरुपमा सहभागी हुन सक्नेछन् ।
क्लिनिकल परीक्षणका लागि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आचारसंहिता पुनरावलोकन समिति र जोन्स हप्किन्स विश्वविद्यालयको इथिकल रिभ्यु कमिटीले स्वीकृति समेत दिइसकेको बताइएको छ । यसअघि जिका भाइरस विरुद्ध दिने गरिएको एमेटिन औषधिको डोज १० गुणा कम गरेर कोरोना विरुद्ध दिन लागिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । गर्भवती वा स्तनपान गराउने महिलाहरु र हाल अन्य परीक्षणअन्तर्गत अध्ययन औषधिहरु सेवन गर्ने व्यक्तिहरु यस परीक्षणमा समावेश गराइने छैन । औषधि सेवन गर्ने बिरामीहरुको सम्भावित इफेक्टहरु नियमित र निरन्तर निगरानी गरिने पत्रकार सम्मेलनमा जनाइएको छ ।
मुसामा गरिएको परीक्षण प्रभावकारी देखिएपछि मानिसमा गर्न लागिएको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1