आशिष् आचार्य , काठमाडौं

२०८० चैत्र १९, साेमबार

काठमाडौं । सात दिने भमण सकेर स्वदेश फर्किएका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नाे चीन भ्रमण सफल भएकाे बताएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सम्पन्न पत्रकार सम्मेलनमा श्रेष्ठले भने ` भ्रमण सफल भयाे , विस्तारै परिणाम आउँछ ।´ उनले भने ` आर्थिक विकासका विषयमा बुँदाबुँदामा छलफल भएकाे छ ।´

भ्रमणका क्रममा श्रेष्ठले चिनियाँ जनराजनीतिक परामर्श सम्मेलनमा सम्बाेधन गरेका थिए भने सम्मेलनका अध्यक्ष हुनिन, चिनियाँ समकवाङ यी , चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभागका उपमन्त्री सुन हायान लगाएत उच्च नेतृत्वसँग भेटघाट गरेका थिए ।

भ्रमणबाट रसुवागढी- केरुङ , तातोपानी – झाङ्मु,यारी -पुरन लगाएतका व्यापारीक नाकाहरुकाे छलफल भएकाे जनाइएको छ ।

प्रतिपक्षले भने परराष्ट्रमन्त्रीले समय मात्रै खेरफालेकाे आराेप लगाएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0