२०८० चैत्र १९, साेमबार

हेटाैँडा । बागमती प्रदेशका मुख्यमन्त्री जमकट्टेलकाे विश्वासको मत लिने कार्यक्रम शुरुहुने तयारीमा छ ।

केन्द्रमा सत्ता अदलबदल भएपछिको पछिल्लो राजनीतिले सत्ता साँझदारबृत्तमा भएकाे खैलाबैलासँगै प्रदेश सरकारहरुमा समेत अदलबदल शुरुभएकाे छ ।

Banner

अस्तिमात्रै आफ्नाे मन्त्रीमण्डलमा एमालेका सँसदीय दलका प्रमुख जेएन थपलियालाई आर्थिक मामिला मन्त्रालय जिम्मा लगाएका मुख्यमन्त्री शालिकराम जमकट्टेलले अहिले चैत्र १९ मा लिने विश्वासको मतमा नेपाली काँग्रेसले विपक्षमा मत दिदैछ भने नेकपा समाजवादी केन्द्र पनि यतिखेरसम्म विपक्षमा मतदिने भन्दैछन् समाजबादीका सँसदीय दल प्रमुख कृष्णप्रसाद खनाल ।

१ सय १० सदस्यसँख्या रहेकाे प्रदेश सँसदमा नेपाली काङ्ग्रेसकाे ३७ सिट रहेकाे छ भने नेकपा एमालेकाे २७ सिट छ । मुख्यमन्त्री जमकट्टेलकाे पार्टी माओवादी केन्द्रकाे २१ सिट छ भने राप्रपाकाे १३ सिट छ ।

सरकारलाई समर्थन गरेका हाम्राेे नेपाली पार्टी समेतकाे २ सिट भएपछि बहुमत पुग्ने पक्का भएका कारण जमकट्टेलले अहिले नै विश्वासको मत लिने तयारी गरेका हुन् ।  सँसदमा नेमकिपाकाे समेत ३ सिट छ भने समाजबादी केन्द्रकाे ७ सिट रहेकाे छ ।

जमकट्टेलले मुख्यमन्त्रीमा आफुलाई विश्वास दिन नेकपा एमालेका २७ , माओवादी केन्द्रका २१, राप्रपाका १३ र नेपाली पार्टीकाे २ जाेड्दा नै आवस्यक सङ्ख्या पुग्ने भएपछि जमकट्टेल मुख्यमन्त्रीमा सुरक्षित रहेका छन् ।

नेमकिपा र समाजवादी केन्द्रका साँसदहरुकाे समेत विश्वासको मत पाउने जमकट्टेलले आशा व्यक्त गरेका छन् ।

प्रदेशसभाबाट विश्वासको मतका लागि जमकट्टेलले ५६सिट जुटाउनुपर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0