२०८० चैत्र १९,साेमबार

चितवन । चैत्र ९ गतेबाट शुरुभएकाे `आदिवासी जनजाति साँस्कृतिक तथा व्यापार महाेत्सव-२०८०´ काे प्रदर्शन अवधि ३ दिनका लागि थप भएकाे छ ।

प्रदर्शनी थप्नुकाे कारण जानकारी दिदै महाेत्सव आयाेजक समितिका सँयाेजक महेन्द्र दुराले भने `केही दिन माैसमले पनि प्रतिकुल पार्याे , साना विद्यार्थकाे परीक्षा समेत यहि समयमा परेकाेले पनि सहभागीता बढाउन समय थप भएकाे।हाे ।´

प्रदर्शक साथीहरूले पनि समय थप्न अनुराेध गर्नुभयाे । पछिल्लो समयमा दर्शक सहभागीता बढ्दैगएकाले समय थप गरिएको सँयाेजक दुराले बताए ।

नारायणी किनार, नारायणगढमा चैत्र ९ गतेबाट सञ्चालीत महाेत्सवमा आदिवासी जनजातिका साँस्कृतिक पहिचान झल्काउने घर तथा कला प्रस्तुत गरिएको छ भने दैनिक स्थानीय तथा ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरु द्वारा वेजाेड साँस्कृतिक प्रस्तुति भैरहेका छन् ।

आज  महाेत्सवमा पशुपति शर्मा लगाएतका राष्ट्रिय कलाकारहरुकाे बेजोड कला प्रसतुति हुने आयाेजकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0