२०८० चैत्र १७, शनिबार

चितवन । पृथ्वी राजमार्गकाे सिमलधारा नजिकै ईच्छाकामना गाउँपालिका -५ भएकाे ट्याक्सी दुर्घटनामा मृत्युु भएका ५ जनाकाे पहिचान खुलेकाे छ ।

त्रिशूली नदिमा ट्याक्सी खस्दा भएकाे साे दुर्घटनामा मृत्यु हुनेमा ३ महिला , १ पुरुष र एक बालका छन् भने एक जना अझै वेपत्ता छन् ।

ईलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार काठमाडौंबाट गाेरखा जादैगरेकाे बा २ ज ४११६ नम्बरको ट्याक्सी बिहान सवा ७ बजे सडकबाट करिब ८० मिटर तल नदिमा खसेकाे हाे ।

मृतक हुनेमा ट्याक्सी चालक गाेरखा नगरपालिका -७ बस्ने बर्ष ३५ का अर्जुन शिर्मल, यात्रामा सवार साेहि वडाका ४१ वर्षीय हरिमायाँ राेकाय, ७० वर्षीय जुनकिरी राेकाय,२८ बर्षीय अन्जना राेकाय र साेही वडा कै ९ वर्षीय बालक आगमन नगरकाेटी रहेका छन् ।

गाेरखा नगरपालिका – ७ का १८ वर्षीय दिवश राेकाय भने अझै वेपत्ता छन् ।

वेपत्ताकाे खाेजी कार्य भैरहेकाे जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0