२०८० फागुन १, मङ्गलबार

चितवन । आज सम्पन्न एक्सपर्ट भरतपु मेयर्स कप अन्तरविद्यालय क्रिकेट खेलमा ओमशान्ती एकेडेमीलाई परास्त गर्दै अँकुरम एकेडेमी लिग चरणमा प्रवेश गरेका छन् भने अर्किड इँग्लिसले अराेमा इग्लिस स्कुललाई हराउँदै लिग चरण प्रवेश गरेका छ।

ओमशान्तीका लागि अर्जुन भन्डारी र शिशिर लम्सालले सर्वाधिक समान १८ रन बनाए । अर्जुन मनोज सापकोटाको बलमा एलबिडब्लु धरापमा परे । शिशिर इन्सिप पौडेलको बलमा विकेटकिपरद्वारा समातिदै पेभिलियन फर्किए ।

बलिङमा मनोज सपकोटा र विप्लप पोख्रेलले समान ३, इन्सिप पौडेलले २ तथा सुयोग अधिकारी र आरोहम अधिकारीले समान १ विकेट लिए ।

 

१०० रनको सामान्य विजय लक्ष्यसहित जवाफी ब्याटिङ थालेको अंकुरमले १७.३ ओभरमा ४ विकेट खेर फाल्दै पुरा गर्यो । अंकुरमको जितमा ओपनर अंकित बस्यालले नटआउट २९ रन बनाए । पुजन ढकालले २१ रन जोडे ।

बलिङमा कुशल शर्मा, बासुदेव सापकोटा र डेभिड माझीले समान १ विकेट लिए । अलराउन्ड प्रदर्शन गरेका विप्लप पोख्रेल खेलको प्लेयर अफ द म्याच भए ।

यस्तै अर्को खेलमा ९५ रनको विजय लक्ष्य पछ्याएको अर्किडले १२.२ ओभरमा ५ विकेट गुमाउदै पुरा गर्यो । प्रिन्स तिमल्सिनाले सर्वाधिक २५ रन जोड्नेक्रममा १ छक्का र २ चौका प्रहार गरे । १२ बलमा नटआउट २४ रन बनाएका विपिन क्षेत्रीले ३ छक्का र १ चौका हिर्काए ।
बलिङमा कृष्ण कुँवरले २ तथा सौरभ बस्नेत, आयुष कोइराला र गौतम यादवले समान १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको अरोमा १७.४ ओभरमा अलआउट हुँदै ९४ रनमा समेटियो । सौरभ बस्नेतले सर्वाधिक २९ रन बनाए । अभिषेक लोहनीले १३ रन जोडे ।
बलिङमा मन्दिप बरालले ४, सन्देश सुवेदी र आशिष गुरुङले समान २ विकेट लिए । ४ ओभरमा १ मेडनसहित २४ रन खर्चिएर ४ विकेट लिएका मन्दिप बराल खेलको प्लेयर अफ द म्याच बने ।

यसैगरी प्रतियोगिताको लिग चरणमा पुग्ने १० टोलीको टुंगो भएसँगै आज नै समुह विभाजनको ड्र सार्वजनिक गरिएको छ । सार्वजनिक ड्र अनुसार समुह एमा नारायणी नमुना मा.वि, अंकुरम एकेडेमी, वाल्मिकी शिक्षा सदन, लक्ष्मी मा.वि जगतपुर र मा.वि. गंगानगर रहेका छन् । अर्किड स्कुल, विश्वप्रकाश मा.वि, इडन गार्डेन स्कुल, प्रभात मा.वि र सनराइज इंग्लिस स्कुल समुह बी मा परेका छन् ।

लिग चरणका खेलहरु फागुन ४ गतेदेखी संचालन हुनेछन् । लिगको पहिलो खेलमा नारायणी नमुना मा.विले अंकुरम एकेडेमीको सामना गर्ने भएको छ ।

भरतपुर महानगरपालिकाको आयोजना र चितवन जिल्ला क्रिकेट संघको सह–आयोजनामा संचालन भैरहेको प्रतियोगिता २२ फागुनसम्म चल्नेछ । प्रतियोगिता मुख्य प्रायोजक एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0