२०८० माघ २६, शुक्रबार

भरतपुर, चितवन । विद्यार्थीमा स्टेसनरी सामाग्रीकाे अभाव देखिन थालेपछि भरतपुर महानगरकाे ११ वडा स्थित हिमालय आधारभूत विद्यालयमा ‘ स्टेसनरी बैंक ‘ काे स्थापना गरिएको छ ।

माघ १० गते बसेकाे स्थानीय टाेल प्रतिनिधि, अभिभावक सहित बसेकाे विद्यालय व्यवस्थापन समितिकाे बैठकले स्टेसनरी बैंक खाेल्ने निर्णय गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अधिवक्ता जगन्नाथ भण्डारीले बताउनुभयो ।

‘ झट्ट हेर्दा भरतपुर महानगरपालिकाकाे मुटु मै छ याे विद्यालय तर यहाँ आएर हेर्नेलाई थाहाहुन्छ कस्ता आर्थिक अवस्था र चेतनास्तरका बालबालिकाका लागि विद्याकाे आश्रय स्थल बनेकाे छ , याे हिमालय आधारभूत विद्यालय ‘ भन्नुहुन्छ अध्यक्ष भण्डारी । विद्यालयले भाेलि माघ २७ गते ४१ अैाँ वर्षिक उत्सव तथा अभिभावक दिवस ।

‘ विद्यार्थीमा स्टेसनरी सामाग्री लिएरआउनै समस्या देखेपछि स्कुलका अध्यक्ष अधिवक्ता जगन्नाथ भण्डारी सरल ‘स्टेसनरी बैँक’ स्थापना गरि सक्ने र मनहुने दातासँग शैक्षिक सामग्रीहरु कापी ,कलम,किताब तथा खेल सामाग्री जम्मा गरि कापीकलम नै लिएर आउन नसक्ने विद्यार्थीलाई उपलब्ध गराउन पर्याे भन्नुभयाे , त्यसै स्टेसनरी बैँक स्थापना गरियाे । मैले त सकेकाे सहयाेग पनि गरेँ’ – भन्नुहुन्छ विद्यालय व्यवस्थापन समितिका सल्लाहकार समेत रहनुभएका पूर्णचन्द्र चापागाईं ।

पाेखरीटाेल विकास सँस्थाका सचिव राजेन्द्र अधिकारीलाई पनि याे कन्सेप्ट राम्राे लागेकाेले आफुले पनि बैंकलाई सहयाेग गरेकाे बताउँनुहुन्छ ।

आफ्ना जिन्दगीका विभिन्न उत्सव र पर्वका अवसरमा समेत अभावग्रस्त बालबालिकाहरुका लागि स्थापित याे ‘ स्टेसनरी बैंक’ का माध्यमबाट सहयाेग गर्न सबैमा अनुराेध छ भन्नुहुन्छ , अध्यक्ष भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0