Open photo

२०८०पुस , ७ शनिबार

चितवन। मेडिकल स्टकिष्ट क्लब अफ चितवन ( मेस्कन)काे अध्यक्षमा विज्ञान पाैडेल निर्वाचित भएका छन् । आज शनिवार सम्पन्न क्लबकाे १८ अैाँ बार्षिक साधारणसभा तथा ८अैाँ अधिवेशनबाट पाैडेल सर्वसम्मत निर्वाचित भएका हुन् ।

सभाबाट प्रकाश गुरुङ उपाध्यक्षमा निर्वाचित भएका छन् भने महासचिव नारायण पाैडेल, सचिव दिपक अधिकारी , काेषाध्यक्ष निर्मला थापा मगर र सह- काेषाध्यक्षमा लेखनाथ कँडेल निर्वाचित भएका छन् । यसैगरि सदस्यहरुमा बैकुण्ठ शर्मा , रामकृष्ण दवाडी र राजकुमार श्रेष्ठ निर्वाचित भएका छन् ।

अघिल्लाे कार्यकालमा महासचिवकाे जिम्मेवारीमा रहनुभएका विज्ञान पाैडेल क्लवका सदस्य मध्यका कान्छाे उमेरका सदस्य हुन् । प्रष्ट रुपमा आफ्ना धारणा राख्नसक्ने ल्याकत राख्नुहुने अध्यक्ष पाैडेल आफू यतिठुलाे बार्षिक काराेवार हुने तथा अैाषधि सप्लाई जस्ताे महत्त्वपूर्ण व्यवसायी सँस्थाकाे जिम्मेवारी प्रदान गर्नुहुने क्लबका साथीहरूलाई धन्यवाद दिदै आउने दिनमा चितवन र आसपासका क्षेत्रमा कसरी अैाषधि सप्लाई गर्ने भन्ने रणनीति देखि अैाषधि उत्पादन गर्ने कम्पनीसँग कसरी क्लवका सदस्य साथीहरू व्यवसायी सफलतासँग जाेडेर समन्वय गर्ने भन्ने विषयमा आफू निरन्तर कृयाशील भैरहने बताउनुभएका छ ।

मेस्कन, चितवन भित्र रहि अैाषधीकाे थाेक व्यापार गर्ने व्यवसायीहरुकाे साझा सँस्था हाे । कानुनी रुपमा दर्ता भै सञ्चालनमा आएकाे यस,क्लबमा हाल ४० जना अैषधिका थाेक व्यापारीहरु सँलग्न रहेका छन् ।

लामाे समय बेलायतमा रहि स्वदेश मै केही गर्ने याेजनाका साथ नेपाल फर्केका विज्ञान पाैडेल  विश्वज्याेति फर्माका प्रवन्ध सञ्चालक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0