Open photo

२०८० पुस ७, शनिबार

चितवन । प्राध्यापक डा. सुनिलमणि पाेखरेल लामाे समय देखि भरतपुर अस्पतालकाे प्रसुती तथा महिला राेग विभागकाे विभागीय प्रमुखकाे जिम्मेवारीमा हुनुहुन्छ ।

Open photo

२०३० सालमा गुल्मीमा जन्मनुभएका डा.पाेखरेलले त्रिभुवन विश्वविद्यालयबाट MBBS गरि साेही विश्वविद्यालयबाट स्त्री तथा प्रसुती राेगमा MD गरि एक कुशल महिला तथा प्रसुती राेग विज्ञकाे रुपमा स्थापित हुनुहुन्छ ।

 

Open photoपाेखराकाे मणिपाल कलेज देखि क्यान्सर अस्पताल ,कान्ति बालअस्पतालसम्मकाे सेवाकालीन अनुभवी डा.पाेखरेल सन्तान प्राप्तिकाे चाहना हुँदाहुँदा पनि विभिन्न कारणले साे अवसर गुमाउनुभएका दम्पतीलाई आफ्नाे परामर्श तथा उपचारका कारण सन्तान हुने अवस्थामा पुर्याउन सकेकाे र सन्तान प्राप्त पछि दम्पतीले प्राप्त गरेकाे खुशी देख्दा आफुलाई सबैभन्दा खुशी लाग्नेगरेकाे बताउनुहुन्छ । प्रजनन् महिलाको अधिकार समेत भएकाले चाहना भएका महिलाले सन्तानकाे प्राप्तिका लागि सबै उपाएकाे खाेजी गरिनुपर्ने बताउनुहुने डा. सुनिलमणी नि: सन्तान राेग विज्ञ  समेत हुनुहुन्छ ।

सन्तानको चाहना हुदँहुदै पनि विभिन्न कारणले सन्तान प्राप्तिमा कठिनाइ देखापर्नुका साथै स्त्री तथा प्रसुती राेगमा समेत नयाँ नयाँ समस्या देखापरिरहेकाे अवस्थामा एउटा सालिन व्यक्ति  तथा सेवाग्राहीका माँझ लाेकप्रीय चिकित्सक प्रा. डा. सुनिलमणि पाेखरेलसँग यिनै विषयकाे सेराेफेराेमा रहि श्रीखबर अनलाइन सञ्चारका लागि पत्रकार कृष्ण खनालसँगकाे वार्तालापकाे सम्पादित अंश:

= डाक्टर साप नमस्कार । तपाईं महिलाको प्रसव वेदनामा समेत जाेडिएर चिकित्सकीय कर्म गर्ने विशेषज्ञ । पछिल्लो समय महिलामा देखापरेका राेगजन्य समस्याबाटै विषय प्रवेश गराैँ न ।

  • प्रा.डा. पाेखरेल – समवेदनशील विषयकाे उठान गर्नुभयाे , धन्यवाद ।

महिला भएकै कारणले हुने सप्ठ्यारा अप्ठ्यारा परिस्थिति एउटा पाटाे भयाे भने आम मान्छे सरह महिलामा पनि लाग्नसक्ने राेगहरु हुन्छन् । महिला भएकै कारणले पाठेघरमा बच्चा राख्नु , समयसम्म हुर्काउनु र अनेक परिस्थितिकाे सामना गर्दै बच्चालाई जन्मदिनु आमाका अवसर र चुनाैती हुन् भने बच्चा राख्ने अवस्थामासम्म शारीरिक र मानसिक अवस्था अर्काे पाटाे हाे । महिला भएकै कारणले  पाठेघर र यसका अँगहरु , स्तन , महिलाका विभिन्न हर्माेनल ग्रन्थी , यसले शरीरमा पार्ने प्रभाव समेत महिलाका स्वस्थमा प्रत्येक्ष प्रभावपार्ने विषय हुन् ।

=  डाक्टरसाप महिलाले बच्चा जन्माउन चाहदा चाहदै पनि बच्चा नजन्मिनुकाे कारण चाईँ के हाे नी ?

  • प्रा. डा. पाेखरेल – हाे सामान्यतय हरेक दम्पतिकाे स्वस्थ सन्तानको जन्म दिउँ , खुशी पारिवारिक जिन्दगी बिताउँ भन्ने चाहना हुन्छ तर सबैलाई याे अवस्था नरहन सक्छ । बच्चा रहन सर्वप्रथमत: पुरुषसँग आवस्यक मात्रामा सुक्राणु हुनु जरुरी हुन्छ  तर आजकाे विज्ञानले अनेक विधिकाे विकास गरेकाे छ।  महिलाकाे स्वस्थ पाठेघर , डिम्मबाहिनी नली र उचित स्थानमा डिम्ब रहनु , ठीक समयमा सेचनकाे जरुरत पर्दछ । यी कार्यमा जुनसुकै कारणले अवरोध उत्पन्न भएमा सन्तान जन्माउन नसक्ने अवस्था हुनसक्छ । याे प्रकृयामा महिला र पुरुषका शरीरबाट उत्पन्न हुने विभिन्न हर्माेन जस्तै थाईराईड,स्ट्राेजन , प्राेजेस्टाेन आदि हर्मोनकाे ठुलाे भूमिका रहन्छ ।

= अनि अरु के कारणले बच्चा नरहन सक्छ डाक्टरसाप

= डाक्टरसाप तपाईं त नि: सन्तान सम्बन्धि उपचार र परामर्शमा विशेष अनुभव प्राप्त विशेषज्ञ चिकित्सक हुनुहुन्छ । समयमै बच्चा चाहेर पनि नरहेका दम्पतीका लागि के सुझाव दिनुपर्ला ?

  • प्रा. डा. पाेखरेल- एकदम साेचे जस्तै प्रश्न राख्नुभयाे , धन्यवाद । पहिलाे कुरा त बच्चा हुनु नसकेका दम्पती भन्दा पनि बच्चाकाे चाह राखेका दम्पतीले चाहना राख्नासाथ बच्चा पेटमा ल्याउनुभन्दा पहिल्यै चिकित्सकीय परामर्श लिन म सुझाउन चाहन्छु । किनभने अबकाे जमाना पहिलेकाे जस्ताे धेरै सन्तान जन्माउने , सानै उमेरमा बच्चा जन्माउने भन्ने छैन ।  उमेर पुगिसके पछि त्यहि पनि १, बढीमा २ वटा । बच्चा जन्माउने हुर्काउने समय र प्रकृया समेत खर्चालु भैरहेका कारण तथा   क्यारिएर भन्दैमा बच्चा जन्माउने उमेरै ढल्किने डरकाे आजकाे अवस्थामा यदि तपाईं बुबा आमा बन्ने चाहना राख्नुहुन्छ भने शुरुमै के तपाईंको हर्माेनल व्यालेन्स ठिक त छ, के तपाईंकाे शारिरीक तथा मानसिक तयारी ठिक छ , यी विषयमा पतिपत्नीले चिकित्सकीय परामर्श लिनु जरुरी देख्दछु। यसाे गर्दा भाेली गर्भावस्था र साेसँग सम्बन्धित आईपर्ने समस्याकाे बारेमा सचेत हुन सकिन्छ । समयमै परामर्श लिनसकियाे भने सन्तान प्राप्ति गर्नका लागि शारीरिक साथै मानसिक तथा आर्थिक क्षति कमगर्न मद्दत मिल्दछ ।

=  डाक्टर साप तपाईं स्त्री तथा प्रसुती राेग विशेषज्ञ का साथै विद्यार्थी डाक्टरहरुकाे राेजाईमा पर्न सफल प्राध्यापक । हैन आजकल अप्रेशन नगरी बच्चा नै नजन्मिने हाे कि फेसन हाे ? कि डाक्टरकाे पनि केहि पेशागत ईन्ट्रेष्ट हुन्छ । प्राकृतिक रुपमा भन्दा चिरेरै बच्चा पाउने चलन बढेकाे ?

  • प्रा.डा.सुनिलमणि = समवेदनशील कुरा उठनउनुभयाे । हामी पनि यदाकदा यहि सुन्छाैँ । मुख्य कुरा सुत्केरी कसरी हुन्छ भन्ने प्रकृया बुझ्नु जरुरी हुन्छ । सबै परिस्थिति ठिक भएमा महिलाकाे शरीरबाट अक्सिटाेसिन हर्मोन निस्कन्छ , जसकाे काम पाठेघरकाे मुख खुल्न मद्दत गर्नु हाे । अनुकुल बाताबरणमा याे हर्मोन सजिल्यै निस्कन्छ । आजकल विभिन्न कारणले गर्दा महिलामा ठिक समयमा हर्मोन काम निस्कने अवस्था  देखिनथालेकाे कारण सुइ द्वारा साे हर्मोन दिएर व्यथा लगाउन पर्ने हुनसक्छ । उमेर छिप्पिए पछि बच्चा जन्माउने चाहना का साथै सुरक्षित तरिकाले बच्चालाई कुनै दवाव विना निस्कियाेस् भन्ने मनाेविज्ञान एकातिर भने रिक्स लिएर समयकाे पर्खाईमा बस्नुभन्दा सहज बाटाे राेजाैँ भन्ने साेचले पनि अप्रेसन काे विधि समातेकाे हुनु पर्दछ । त्याे भन्दापनि महत्वपूर्ण काम भनेकाे सुरक्षित रुपमा बच्चाकाे अवतरण प्रधान कुरा हाे । कति अवस्थामा त अप्रेसनकाे बाटाे नगै नहुने पनि हुन्छ ।

यहि कुरालाई ध्यानमा राखेर भरतपुर अस्पतालमा घरकै जस्तै बाताबरण दिएर सुत्केरी हुनुपर्ने महिलासँग उसका आफन्तहरु सँगै बस्ने गफगाफ गर्ने गरि तालिम प्राप्त स्वस्थकर्मीकाे निगरानी र सहयाेगमा प्राकृतिक रुपमै बच्चा जन्माउन सहजिकरण गर्ने प्रसुति सेवाकाे व्यवस्था लागि  ‘बर्थिङ स्वीट्स रुम’ थप गरिएको छ ।

= आम महिलामा देखापर्ने राेगहरु नि डाक्टर साप ?

= अहिलेकाे स्वस्थ्य सम्बन्धि मुख्य चुनाैती के हाेलान् र कसरी कमी गर्नसकिएला ?

  • प्रा.डाक्टर पाेखरेल -याे पनि खुबै महत्त्वपूर्ण विषय हाे । बुझ्नुपर्ने मुख्यकुरा के भने हामीमा समय समयमा सामान्य परामर्श र जाँचहरु जस्तै सुगर, प्रेसर , थाईराईड, काेलेस्ट्राेल , युरिया क्रेटिनियन जस्ता परिक्षण गर्ने बानी बसाल्न म सबैमा सुझाउन चाहन्छु । दाेश्राे कुरा आमा र बच्चाकाे अकाल मृत्युमा कसरी कमी ल्याउने भन्ने कुरा हाे । यसमा याेजना बनाउने राज्यका निकायकाे महत्त्वपूर्ण राेल हुन्छ । राज्यले तयार पार्ने पाठ्य सामाग्री देखि विभिन्न परामर्शदायी व्यक्ति र सँस्थाकाे समेत महत्त्वपूर्ण भूमिका रहन्छ ।

= एउटा कुशल प्राध्यापक , कुशल डाक्टर तथा बरिष्ट स्त्री तथा प्रसुती राेग विज्ञ हुनुकाे नाताले आम नागरिकलाई थप केही …..

समस्यामा हुनुहुन्छ भने विशेषज्ञ शेवा तथा परामर्श लिनुहाेस् उपाए निस्कने छ ।

= बिरामीलाई उपचार गरिरहेकै समयमा विचमै राेकेर हामीलाई व्यस्त समय र समाजलाई जानकारी दिने अवसरका लागि डाक्टर पाेखरेल र सहयाेगी टिम प्रति आभारी छाैँ । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0