Open photo

२०८०मङ्सिर २९, शुक्रबार काठमाडौं । पहिलाे महानगरपालिकाकाे रुपमा घाेषणा भएकाे २८ बर्ष पूरागरेकाे अवसर पारेर काठमाडौं महानगरपालिकाले आज एक कार्यक्रमकाे आयाेजना गरेकाे छ ।

२०५२ साल अघि आजैका दिन काठमाडौंलाई महानगरपालिकाकाे रुपमा घाेषणा गरिएको थियाे । जतिखेर नेपाल हिन्दुअधिराज्य भित्रकाे राजतन्त्रमा थियाे । आज देशले लाेकतान्त्रिक गणतन्त्रको अभ्यासमा छ । काठमाडौं महानगरपालिका सहित देशभर ७ सय ५३ जनप्रतिनिधि मार्फत देशले स्थानीय सरकार मार्फत राज्यसत्ता सञ्चालन गरि सेवा प्रवाह गरिरहेका छन् ।

२९अैाै वर्ष प्रवेशकाे अवसरमा आयाेजित कार्यक्रममा बाेल्दै प्रधानमन्त्री पुष्पकमल दाहालले अझै सङ्घीय गणतन्त्रलाई सुदृढ गर्नका लागि थुप्रै सँघिय कानुन बन्न बाँकी रहेकाे बताएका छन् । मन्तव्यका क्रममा उनले सँवैधानिक अभ्यासमा थप परिपक्वता ल्याउन समेत आवस्यकता रहेकाे बताए। काठमाडौं महानगरले भाैतिक र मानवीय विकासका पक्षलाई सन्तुलित ढंगले अगाडि बढेर देशका सबै स्थानीय तहलाई अनुकरणीय नमुना प्रस्तुत गर्नेमा आफू विस्वस्त रहेकाे भन्दै प्रधानमन्त्री दाहालले काठमाडौं महानगरलाई नेपाल सरकारकाे सधै साथ र सहयाेग रहने समेत बताएका छन् ।

प्रधानमन्त्रीले काठमाडौं महानगरपालिकाले सुर्तीजन्य पदार्थको नियमन र विक्री वितरणमा गरिएको निषेध का कार्यक्रम देखि छात्रवृत्ति ,राेजगारी तथा सिर्जनाका क्षेत्रमा महानगरले गरेकाे पहलले सङ्घीय सरकारलाई समेत सकरात्मक प्रेरणा पैदाभएकाे बताएका छन् ।

काठमाडौं महानगरपालिकाले कानुनले व्यवस्था गरेकाे सुर्तीजन्य पदार्थको नियमन गर्न बनेकाे दफालाई टेकेर यसकाे विक्री वितरणमा आजैदेखि नियमन गर्ने निर्णय गरेकाे छ । महानगरकाे साे निर्णय जनहितमा रहेकाे भन्दै कार्यन्वयनमा अडिक रहन समेत जनसमुदायको दवाव रहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0