२०८० श्रावण २४,बुधबार

चितवन । आँखा पाक्ने राेगकाे सँक्रमण भाईसरका कारण भएकाले व्यक्तिगत सरसफाइमा ध्यानदिन चिकित्सकहरुले सुझाईरहेका बेला फार्मेसीहरुमै अैाषधिकाे अभाव हुनसक्छ कि भन्ने जनमानसमा चिन्ता बढेकाे छ । भरतपुर नारायणगढ क्षेत्रमा रहेका केही अैाषधिका थाेक विक्रेतासँग अहिलेकाे याे माैसमी राेगमा सिफारिस भएका अैाषधि सक्किएकाे खवर प्राप्त भएपछि यश बिषयमा स्थिति अनुसन्धानका लागि श्रीखबर डट कम का पत्रकार टिमले बजार अनुसन्धान पछि अैषधि व्यवसायीसँघ बागमती प्रदेशका उपाध्यक्ष शिवप्रसाद पण्डितसँग गरिएको कुराकानी :

Open photo

( शिवप्रसाद पण्डित – उपाध्यक्ष , एन.सि.डि.ए.बागमती प्रदेश ।)

उपाध्यक्ष ज्यू बजारमा आँखाकाे अैाषधि सटेजहुने अवस्था नै श्रृजना भएकाे हाे र ?

उपाध्यक्ष = हाेईन , हाेईन त्यस्तो अवस्था भएकै छैन । खुद्रा अैषधि पसल/ फार्मेसीहरुमा प्रशस्तै छन् ।

बजारमा बुझ्दा त हाेलसेल मा स्टक छैन भन्ने खबर छ नि ?

उपाध्यक्ष = एकाद हालसेल / स्टकिस्टमा नहुन सक्छ । यस्ताे अबस्था आउनुकाे कारण चाई उहीँ काेविडकाे समयमा सबैले सिटामाेल थुपारे जस्तै गरि अहिले आँखाकाे अैाषधि खुद्रा अैाषधि पसलमा अलिक स्टक हुनपुगेकाेले हाे ।

के त्यसाेभए अैाषधिकाे स्टक राख्नैपर्ने अवस्था आईलागेकै हाे त ?

उपाध्यक्ष = हाेईन । स्वस्थ सँस्थाका अनुसार याे खासै धेरै दिनसम्म लाग्ने राेग पनि हाेईन र धेरै अैाषधि पनि चाहिदैन । बजार हल्ला कै भरमा अैाषधि थुपार्ने गलत बानीले पार्ने असहजता मात्रै हाे ।

के त्यसाेभए आम उपभोक्ता तथा नागरिकहरु आँखाकाे अैाषधि नै नपाउने अवस्थामा त पुग्दैनन् नि ?

उपाध्यक्ष = हामीले यस्तो अवस्था आउन दिनेछैनाैँ । हामीले विषयलाई सावधानीका साथ नियालिरहेका छाैँ भने व्यवस्थापकीय कार्यमा समेत चनाखाे भएकाछाैँ ।

कसरी गरदैहुनुहुन्छ त व्यवस्थापन ?

उपाध्यक्ष = पहिलाे कुरा त हामीसँग हाललाई पुग्ने स्टक नै छ । दाेश्राे कुरा थप आँखाका अैषधि काे माग भैसकेको छ । त्यसमा पनि नेपाल मै उत्पादन हुने अैाषधि सजिल्यै आईहाल्छ । अर्काे कुरा , हामीले सबै स्टकिष्ट तथा थाेक विक्रेता साथीहरूलाई अनावश्यक रुपमा धेरै सँख्यामा खुद्रा पसललाई अैाषधि नदिन र खुद्रा पसलका साथीहरूले पनि एक्सपाएरै हुनेगरि स्टक नराख्न अनुराेध गरेका छाैँ । श्रीखबर अनलाइन सञ्चार मार्फत पनि सबै साथीहरुमा अनावश्यक स्टक नराख्न अनुरोध गर्दछु ।

– सहजरुपमा अैषधि पाईन्छ भन्ने अरुकेहि छ त भराेशा ?

उपाध्यक्ष = छ म र सँस्थागत तर्फबाट सबै जनसमुदाय तथा स्वास्थ्यकर्मी साथीहरूमा अहिले देखिएकाे आँखाकाे राेगकाे अैाषधि सटेज हुन्छ भन्न चिन्ता नगर्न र आफ्नाे व्यक्तिगत सरसफाइमा ध्यानदिन अनुरोध गर्दछु भने सबै विक्रेता तह र निकायलाई अैाषधि एक्सपाएर हुने तहसम्म स्टक नराख्न र थाेकमा तथा स्टकमा पेशा गरिरहनुभएका साथीहरूले स्टक व्यवस्थापन गर्न समयमै आफ्ना निकायमा आवस्यक अैाषधि खरिद गर्न सचेत रहनुहुन अनुराेध गर्दछु ।

Open photo

आँखामा राख्ने अैाषधि सटेज नहाेस् भनेर हामी सचेत छा‌ैँ : बिनाेदप्रसाद तिमल्सिना , अध्यक्ष – अैाषधि व्यवसायी सँघ , चितवन ”

Open photo

( बिनाेदप्रसाद तिमल्सिना -अध्यक्ष , एन सि डि ए, चितवन )

के अहिले समुदायमा देखापरेकाे आँखा पाक्ने राेगमा प्रयाेग हुने अैाषधिकाे स्टक सकिने अबस्थामा पुगेकाे हाे त? “भन्ने आम जनचासाेकाे विषयमा केन्द्रित रहि श्रीखबर डट कम सञ्चारले गरेकाे कुराकानीकाे अंश:

हामीले गएकाे लामाे समय काेविडकाेे त्रासदी झेलेअैाँ । कैयाै घरमा अनावश्यक अैाषधि थुप्रिनजाँदा बजारमा सिटामाेल नै अभाव हुनपुग्याे । त्याे घटनाक्रम बेग्लै थियाे । त्यतिबेला विश्व नै ठप्प थियाे ।अहिले देखिएकाे याे आँखा पाक्ने राेग त्यस्ताे व्यापक जाेखिमपूर्ण नभएकाे र त्यति लामाे समयसम्म रहिरहने कम सम्भावना रहन्छ । अहिले एकदुई हाेलसेलमा याे प्रकृतिको अैाषधि स्टकमा नभए पनि खुद्रा अैाषधि पसलहरुमा अैाषधी अभाव छैन । सबै खुद्रा व्यवसायी साथीहरुलाई अनावश्यक अैाषधी स्टक नराख्न अैाषधि व्यवसायी सँघ , चितवन शाखा हार्दिक अनुरोध गर्दछ ।

रिपोर्टिङ : कृष्ण खनाल, श्रीखबर डट कम सञ्चार ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0