२०८० श्रावण २५, बिहीबार

चितवन । २०७९ श्रावण १ गते यताका १ बर्षकाे तथ्यांकअनुसार १ लाख १० हजार २ सय सत्र जना विद्यार्थीले NOC लिई विदेशिएका छन् । भने हाल नेपालमा सन्चालन भएका मध्य CTEVT तर्फ स्वास्थ तर्फ १ सय ३७ र स्टाफ नर्स ७३ वटा शैक्षिक सँस्था बन्दछन् भने विश्वविद्यालयका स्नातक तह वि. एन. , वि. एस्सी नर्सिङ १८ सहित कूल २२८ शिक्षण सँस्था बन्द गरिएकाछन् ।

यसरी शैक्षिक सँस्था बन्दहुँदा हजारौं विद्यार्थीले पढ्न पाएनन् मात्रै हाेईन १३३६ जना विद्यार्थीले त छात्रवृत्तिमा पढ्नपाउने अवसरै गुमाए । यसाे हुनुकाे मुख्य कारण भनेकाे चिकित्सा शिक्षा आयाेग र प्रविधिक शिक्षा तथा व्यवसायिक परिषदकाे अदुरदर्शिता र असक्षमताका कारण भएकाे निस्कर्ष चिकित्सा शिक्षा सराेकार सँघर्ष समितिकाे रहेकाे छ ।

राष्ट्रिय चिकित्सा शिक्षा ऐेन २०७५ ले स्नातक तहकाे नर्सिङ कार्यक्रम सञ्चालन गर्ने शिक्षालयले १०० शैयाकाे आफ्नै अस्पताल २ वर्ष भित्रमा भै सकेकाे हुनुपर्ने व्यवस्था गरेकाे थियाे । याे मापदण्ड नै अव्यवहारिक रहेकाेले उक्त निर्णय सच्याउन राज्यलाई दवावदिन चिकित्सा शिक्षा सराेकार सँघर्ष समितिले चरणबद्ध आन्दोलनमा कार्यक्रम घाेषणा पत्रकार सम्मेलन मार्फत गरेकाे छ ।

केन्द्रका आज २५ गते अनुपम फुडल्याण्ड, गाैशाला काठमाडौंमा र चितवन सँघर्ष समितिले विहान ८ बजे हाेटल सिराईचुलीमा सम्पन्न गरेकाे छ । केन्द्रीय स्तरका सँघर्षका कार्यक्रम समेत घाेषणा गरिएको चितवनकाे पत्रकार सम्मेलनमा मुख्य अतिथि रहनुभएका डा. नारायण सिँ कुवरले राज्यकाे गलत नीतिले गर्दा हजारौं विद्यार्थी पढ्नैका लागि विदेशीनुका साथै देशमा शिक्षा तथा स्वास्थ क्षेत्रमा गरिएको अर्बौं लगानीको जाेखिम बढेको बताउनुभयो ।

शम्भु प्रसाद सुवेदीको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा पत्रकार सम्मेलनमा आयाेजकले आफ्ना आन्दोलनका भावि कार्यक्रम र मागहरु समेत सार्वजनिक गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0