१९जेष्ठ २०८०,शुक्रबार ।

हरि अधिकारी,बाँके

नेपालगञ्ज ।बालबालिकालाई तातो हावा र लु बाट जोगाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ ।

अत्यधिक गर्मी बढेपछि प्राधिकरणले सार्वजनिक सूचना निकालेर बालबालिकालाई तातो हावा र लु बाट जोगाउन आग्रह गरेको हो ।

बालबालिकाको साथमा पानीको बोत्तल सधैँ राख्न र उनीहरुलाई कागती पानी, नरिवल पानी, ताजा फलफूलको रस नियमित रुपमा खुवाउन भनिएको छ ।

यस्तै, हल्का रङको सुतीका कपडा लगाउन, टाउको ढाक्न टोपी वा छाताको प्रयोग गर्न, पत्रु खाजा अर्थात् जङ्क फुड नखान र दिउँसो १२ बजेदेखि ४ बजेसम्मको कडा घाममा घरबाहिर सकेसम्म ननिस्कन प्राधिकरणको सुझाव छ ।

यदि, बालबालिकालाई रिँगटा लागे, वान्ता भए, धेरै टाउको दुखे वा श्वास फेर्न गाह्रो भए तुरुन्त नजिकैको अस्पताल वा स्वास्थ्यचौकी लैजान पनि सुझाव दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0