२० जेष्ठ २०८०,शनिबार ।

कृष्ण खनाल,चितवन ।

सबै विषयकाे तत्काल प्रमाण पेश गरिहाल्ने अनुकुलता नहुनसक्छ । कति कुराकाे त श्रव्य दृश्य प्रमाणहरु जुटिहाल्छन् भन्ने छैन । प्रस्तुत विषय ठिक हाे भन्ने प्रमाण कहिलेकाही अदृश्य र अमुर्त प्रमाण समेत प्रस्तुत गरेरै पनि चल्ने गरेकाे छ समाज र चल्दै जाने पक्का छ।

देखिने खालका प्रमाणहरु ले त कत्तिलाई झुक्याई रहेकाे हुन्छ भने अदृश्य प्रमाणहरु त झन् केवल महशुस पार्न वा मानवीय समवेदना समात्न मात्र प्रयाेग गरिन्छ ।दृश्य प्रमाणहरु भाैतिकवादी कसीमा नापिन्छन् भने सबै अदृश्य प्रमाणहरु आध्यात्मिक नजरमा समान छन् । जसकाे प्रस्तुति र प्रयाेग समाजसँगै सिक्दै र भाेग्दैआएका घटनाक्रमले पाठसरी घाेकाएर पिल्छिएको हुन्छ ।

आस्था र विश्वास पनि आध्यात्मिक कसीबाट नापिने त्याे जग हाे जसकाे जगमा उभिएर समाजले गति प्राप्त गर्ने गर्दछ । धराेधर्म , रामाेराम , आमा कसम , बिध्यानाष्ट मरिजाउँ , पुक्लुकै हाेस् , बच्चा भन्न नपाउँ, भगवान कसम , भस्म खरानी हाेस् , हुदैहाेईन , देखि भगवानले देखेकाछन् , उनले हेर्छन् , हामी अनाथ बबुरासम्मका प्रस्तुतिहरु आध्यात्मिक जगमा टेकिएका सामाजिक मूल्य र मान्यतामा आधारित प्रस्तुति हुन् । याे समाजसँगैकाे निरन्तरता पनि हाे ।

आजकाे दुनियाँ भाैतिकबादले लपेटेकाे समाज हाे । भाैतिकबादी चेतकाे विकास भने धार्मिक मूल्य , मान्यता र आदर्शबाट दिशानिर्देश भएकाे हुन्छ । समाजले जतिसुकै नयाँपन समात्न खाेजेपनि उ पुरानै समाजकाे अन्तरबाट जेलिएकाे हुन्छ । किनकि उ पुरानै समाज र सस्कृतिकाे उपज हाे ।
समाज एकैपटक भाैतिकबादी दुनियाँमा प्रवेश गरेकाे नभै उसका आवस्यकताकाे श्रृजनाले भाैतिकवादी चेत खाेलिदिएकाे हाे । भाैतिकबादी चेतपनि आध्यात्मिक जगबाट विकसित भएकाे चैतन्य रुप भएकाले सवै भाैतिकवादी चेतलाई आध्यात्मिक नजरले निर्देशित नगर्ने भन्ने नै हँदैन । सारमा आध्यात्मिक त्याे आस्था ,विश्वास र भराेशा हाे जुन आजकाे मानव समाजमा पनि उत्तिकै कालजयी भएर व्यक्तिकाे अन्तस्करणमा जेलिएकाे छ जुन विषय अर्कालाई अर्ती दिनभन्दा आफैंलाई निराकार बनाएर भराेशाकाे फिलिङ्गाे प्राप्तिका लागि खाेजि गर्दछ ।

त्यहि भराेशाकाे सञ्चार गर्ने क्रममा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारतकाे राजकीय भ्रमण काे अवसर पारेर भारतकै सबैभन्दा सफा मानिने शहर रहेकाे प्रदेशमा रहेकाे प्रतिष्ठित एक महादेवकाे मन्दिरमा १ सय ८ किलाे रुद्राक्षकाे माला अर्पण गरेका छन् । उक्त महादेवकाे मन्दिर काललाई पनि माेचन गर्नशक्ति भएका महादेशकाे अनेकन रुपमध्य कालमाेचन रुप हाे ।

दाहालले आफ्नी पत्नीकाे स्वास्थ्यकाे कामनाका लागि उक्त माला अर्पण गरिएको हाे । याे विषय प्रचण्डको व्यक्तिगत मामिला भएपनि नेपाल राष्ट्रका प्रमुख त्याे पनि भाैतिकवादी ,कम्युनिस्ट पार्टीका नेताकाे मन्दिर माथिकाे आस्था र विश्वास प्रतिकाे विम्व सर्वथा र सर्वत्र चासाे नहुने कुरैभएन ।समाजशास्त्रीय दृष्टिले विषय प्रतिकाे सार विश्लेषण नै पुष्पकमल दाहाल प्रचण्ड कहलाउनु अघिदेखि नै सामाजिक मूल्य र मान्यताकाे जगबाटै विकसित सामाजिक उत्पादन भएकाेले उनीमाथि काे भाैतिकवादी चेत र चेतना काे जग पनि आध्यात्मिक र अलाैकिक विश्वासको जगमाथि थपिदै गएकाे ईट्टाबाट निर्मित भाैतिक सँरचना हाे त्यसैले पुष्पकमल दाहालले अरुले जसरी नै मन्दिर भित्रकाे प्रतिष्ठा माथि श्रद्धा गरे जुन आम मानिसले गर्ने गरेका छन् ।किनभने आस्थाकाे जगमा उभिएको सामाजिक विश्वासको किलाे सनातनकाे बलमा गडेकाे हुन्छ । यसले समाजकाे प्रतिनिधित्व गरिरहेकाे हुन्छ ।

लेखक कृष्ण खनाल समाजशास्त्रमा स्नातकोत्तर गरेका पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0