१९ जेष्ठ २०८०, शुक्रबार ।

आशिश आचार्य
उपत्यका। विपन्न तथा लक्षित वर्गलाई दिनुपर्ने १० प्रतिशत वेड लगाएत सुबिधा सात दिन भित्र कार्यान्वयन नभए स्वास्थ सँस्थाकाे प्रशासन बन्द समेत गरिने भनी स्वस्थ मन्त्रीलाई पत्रचार गरेपछि मन्त्री माेहनबहादुर बस्नेत समेत सक्रिय भएका छन् ।

आज शुक्रवार उनले हहीद गँगालाल हृदय केन्द्र तथा मेडिकेगर अस्पताल सहित स्वास्थ सँस्थाकाे अनुगमन गरेका छन् भने यी दुई सँस्थाकाे विपन्न तथा लक्षित वर्ग सेवा सम्वन्धि कागजात मागेका छन् ।

उनका अनुसार स्वास्थ सँस्थाले स्वीकृति लिदा उल्लेख सम्झाैता पालना नभएकाे र ठुलावडाकाे पावर विना वेड समेत पाउनै मुस्किल भएकाे गुनासो आएपछि अनुगमन गर्नुपरेकाे हाे ।भने तथा जनसंख्या मन्त्री माेहनबहादुर बस्नेतले अब सबै स्वस्थ्य सँस्थाले आ -आफ्नाे बेवसाईटमा लक्षित वर्ग केन्द्रीत सुविधा सहितकाे विवरण राख्नुपर्ने बताएका छन् । अब सबै स्वास्थ सँस्थाले आफ्नो विवरण बाेवसाईटमा राख्नुपर्ने छ । यदि साे अनुसार नभएकाे पाईएमा कार्वाही हुने मन्त्री बस्नेतले भने ।

स्वास्थसँस्थाले सँस्था सँचालन गर्न स्वीकृति लिँदा १० प्रतिशत वेड विपन्न तथा लक्षित समुदायलाई छुट्याएको भनी कागजमा भनिएपनि व्यवहारमा त्यसाे नभएकाे गुनासाे बढेकाे पाईएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0