१६ जेष्ठ,२०८० चितवन ।

कक्षा १२ दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गर्दै सेन्टल कलेज चितवनले विद्यार्थीलाई नि:शुल्क तालिम दिने भएकाे छ ।विगत लामाे समय देखि उच्च शिक्षा अध्ययन गर्न जापान, अष्ट्रेलिया लगायतका देशमा जान चाहने विद्यार्थी तथा ती मुलुकमा रहेर पनि आवश्यक सहयाेग चाहेका विद्यार्थीलाई शैक्षिक परामर्श तथा भिषा प्राेसेसिङ लगाएका कामहरु गर्दै आईरहेकाे साे कलेजले चितवन, नवलपुर ,तनहुका विभिन्न स्कुल कलेजका विद्यार्थीलाई कार्यालय व्यवस्थापनर रिसेप्सन सम्बन्धि विषयमा तालिम दिईने कलेजका प्रिन्सिपल यज्ञ विलाश पाैडेलले बताउनुभयो ।

तालिम लिनका लागि कुनै शुल्क नलाग्ने र तालिम पछि विद्यार्थीहरुका लागि विभिन्न राेजगारीका अवसरहरु प्रदान गरिने प्रेन्सिपल पाैडेलले बताउनुभयो ।

तालिम लिन चाहने विद्यार्थीले कलेजकाे मुख्य कार्यालय लायन्सचाेकमा सम्पर्क गर्न सकिने बताईएकाे छ ।

जापानको नायाेगा सहरमा समेत आफ्नै कार्यालय रहेकाे देशकाे विभित्र जिल्लाहरुमा शाखा कार्यालयहरु सन्चालन गरिरहेकाे छ । जापानसँगै अष्ट्रेलिया ,क्यानडा,का साथै यूराेपका देशहरुमा समेत विद्यार्थी हरुका लागि भिषा प्राप्त गर्ने कार्य गरिरहकाे साे कलेजले साउथ काेरियामा अध्ययनका लागि जान चाहने विद्यार्थीलाई पनि सपाेट हुनेगरि आईलटिएस तथा भाषाका कक्षा सन्चालन भैरहेकाे कलेजले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0