१६ जेष्ठ,२०८० चितवन ।

ईच्छाकामना गाउँपालिकाकाे सिमलढापमा वँगुर पालन शुरुगर्नु अघिकाे दु:खकाे कहानी धेरै छ विना देउजाकाे। घरका सबै परिवार साक्षर भन्दा माथि एउटै छैन ।कहिले अस्पतालका भित्ता र बरण्डा पुछेर बिते उनका दिन त कति दिन विते सरकारी र अर्धसरकारी कर्मचारीकाे भाँडा माझेर।

सीप भएकाे लाेग्ने र जाँगर नभएकाे छाेराहरुलाई मिलाएर पशुपालन गर्ने निधाे गरिन् । सासुले पाएकाे उपदानकाे रकम र स्थानीय सहकारीसँग ऋण गरेर त्यहि सिमलढापमा ऐलानीसँगैकाे जग्गा खरिद गरिन् बङ्गुर फारम खाेल्न भनेर । सिमलढाप बँगुर फारम नाम जुराईन् । दर्ता गरिन् । राज्यको नजरमा उध्याेगी व्यवसायी बनिन् । राज्यले कर तिर्ने नागरिक त बनायो तर उनका धनकमाउने सपना त परैजाओस् राज्यलाई तिर्ने कर समेत जुटेन ।

दु: ख गरेर खाेर बनाईन् ।ऋण खाेजेकाे पैसाले ४ वटा पाेथी वँगुर किनिन् । एउटा व्याड भाले अर्कै खाेरबाट किनिन् । बाउछाेरालाई भरतपुर भरिका हाेटल हाेटल पठाईन् ।जुठा उप्रेका फालेका उठाउन कस्सिईन । छाेराले तँगा नदिएपछि कतिपटक आफैँ कस्सिईन् । खाई नखाई जब खाेरमा व्याउने , वेच्ने र हुर्कदाका पाठाहरु १ सय भन्दा धेरै भए तब खुशी हुनुपर्ने बिनाका दु:खका दिन शुरुभए ।

१० गते विहानै खाेरमा जाँदा त ठुला ठुला वँगुरहरु जति सत्राम्मै डलेका देखिन् । छाम छुम पारिन् ।नजिकैको भेटनरीका मान्छेलाई फाेन गरिन् ।यता भटाभट बँगुर मर्न थाले । ५/७ वटाका दरले गाढ्दै गइन।डाक्टर टिमआए । केही दिनमै अमेरिकन स्वईनफ्लु राेगलागेकाे ले बँगुर मरेकाे प्रमाणित गरै । राेग प्रमाणीक हुँदासम्म उनकाे खाेरमा रहेका सबै जसाे बँगुर खाल्टाे भित्र गैसकेका थिए । सय भन्दा बढि गाडीई सकेकाे थियाे । यता बँगुर गाडीदै थियाे । उता उनकाे घर छेउमा सहकारी र महिला समूह लिएकाे ऋणकाे सावाँ व्याज तिर्न ताकिता लाउँदै थिए । बँगुर बेच्ने बेला भाछ केहिदिनमा बेचेर ऋण घटाउँछु भनेकी बिनाकाे ऋण घटाउने सपना त गाडिएका बँगुरसँगै उठ्दै नउठ्नेगरि गाडिन पुग्याे ।

ऋण लिन अनिवार्य बँगुरकाे विमा गर्नुपर्छ भनेकाे थाहा छ उनलाई । बर्ष बर्षमा विमा नविकरण गर्नुपर्छ भन्ने चेत भने कसैले नदिएकाे उनी बताउँछिन् । खाेरमा राेग पस्दा उनकाे बँगुरकाे विमा सकिएकाे २० दिन भएकाे पछिमात्रै थाहापाईन् । जब वडाका मान्छे आए , पशुविज्ञ केन्द्रका हाकिम आएर यसकाे सरकारले क्षेती पुर्ति गर्छ याे सङ्क्रामक राेग हाे भने तब उनलाई वँगुर फेरि बाँचेर आएकाे झल्केा लाग्याथ्याे रे ।

सरकारका मान्छे आए । प्रहरी पनि आएर फाेटाे खिच्याे ।कहिले विज्ञ केन्द्र जा भने गएँ ,कहिले गाउँ पालिका जा भने ऋण खाेजेर कुरिनटार पुगेँ – उनी भन्छिन् । सवै कागजात तयारभयाे तपाईंको ११ लाख क्षेती विवरण बन्याे अब सरकारले सहयाेग गर्छ भनेकाे ती दिन सम्झेकाे छु – तर अहिले सम्म पत्ताे छैन भन्छिन् उनी ।मँसिर १० गते मेराे दु:ख भित्र काल पसेकाे हाे आज ६ महिना भयाे कसैले के भयाे भन्दैन । अब जिल्लाबाट काम सकियाे प्रदेश मन्त्रालय मा फाेन गर्नु भनेर दिएकाे नम्वर देखाउँछिन् ।

पहिले पहिले त चुनाव पछि भन्थे । पछि फाेन गर्दा सरकार बने पछि भने रे उनलाई र पछि पछि त मन्त्री बनेपछि हुन्छ पाे भने भनेर न्याउरीन थालिन् ।
म जस्ताे गरिव, दलित जाति त्यहाँ माथि अक्षर बाहेक केही नचिन्नेलाई के हाे मन्त्रालय ,के हाे सरकार भन्छिन् उनी । सावाँ अक्षर वाहेक उनकाे घरमा लेख्ने काेहि छैन ।त्याे पनि अस्पतालमा सुईपर काम गर्दा सहि गर्न परेर जानेकाे रे।

चुनाव त आथ्याे तर आफ्नाे दु:खमा साथ दिने काेहि हुँदारहेनछन् व्यार्थै भनेर घरका काेहि पनि भाेटहाल्न जान मानेनन् – विना भन्छिन् । म एक्लै भनेपनि भाेट हाल्न जान्छु र हारे पनि जिते पनि मैले तिमीलाई भाेट हालेकाे हुँ मेराे काम गरिदिनुपर्याे भन्न सकिन्छ भन्ने साेचेर एक्लै भाेट हालेर आएँ उनी भन्छिन्। गरिवकाे त काेहि पनि हुदाेरहेनछ भन्छिन् उनी । भएकाे सवै डुव्याे । कार्यालय धाउँदा धाउँदै झन् ऋण थपियाे । फिस तिर्ने पैसा नभएर बाेडिङ स्कुलवाट बच्चा सरकारीमा सारेँ , उनीभन्छिन् ।अहिले सम्म कसैले राहत पाईन्छ वाहेक केही भन्दैनन् ।

वँगुर सवै खाडलमा पुरेपछि विरक्तिएकी विना भरखरै सामुदायिक वनकाे सहयाेगमा ड्राइभिङ सीप सिकेकीछन् । उनी भन्छिन् ” वँगुर पाल्ने रहर अझै मेटिएकाे छैन । हरेस पनि खाछैन ।अब ड्राइभरकाे लाईसन लिन्छु अनि सरकारले वँगुरकाे क्षेतीकाे रकम दियाे भने साे पैसाले एउटा सेकेन्ड हेण्डकाे अटाे किन्छु । फेरि बँगुर पाल्न शुरु गर्छु। हाेटल हाेटलमा अटाे लिएर जान्छु अनि फालिरहेका दाना हर उठाउँदै हिड्छु र वँगुरलाई दाना काे रुपमा खुवाउँछु ।
प्रष्ट भिजनका साथ प्रष्ट याेजना छ । छैन त केवल समाजकाे सहयाेग अनि राज्य र राष्टकाे ।

उनी भन्छिन् ” सरकारले आसमात्रै देखायाे तर न मर्नु बनायाे नत बाँच्नका लागि सहयाेग नै गर्याे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0