Author: admin

काठमाडौं उपत्यकाका अस्पतालहरुमा एडिनो भाइरस संक्रमित बालबालिकाको संख्या बढ्दै गएको छ । बालरोग विशेषज्ञहरु भने यस्तो भाइरसको संक्रमण बर्सेनि हुने गरेको भन्दै नआत्तिन सर्वसाधारणलाई सुझाव दिन्छन् । कान्ति बाल अस्पतालमा ज्वरो, रुघाखोकी, पातलो दिसा आउने र आँखा रातो भएर उपचार गर्न आउने बालबालिकाको संख्या बढेको बालरोग विषेशज्ञ डा.रामहरि चापागाई बताउँछन् । उनका अनुसार बच्चाहरुमा एडिनो भाइरस संक्रमण पाइए पनि यसले स्वास्थ्यमा गम्भीर जटिला ल्याउँदैन । यो भाइरसबाट सबै उमेर समूह संक्रमित हुन सक्ने उनले बताए । ‘यो भाइरस हरेक वर्ष देखिने गर्छ,’ उनी भन्छन्, ‘जुनसुकै भाइरल इन्फेक्सनले रोगविरुद्ध लड्ने प्रतिरोधात्मक क्षमता कम भएकाहरुमा बढी संक्रमण हुन्छ ।’ दुई वर्ष यता…

Read More

काठमाडौँ — केही दिनअघि कान्ति बाल अस्पतालको ओपीडीमा ज्वरो आउने, आँखा पाकेर रातो हुने, खोकी लाग्ने लक्षण भएकी ११ महिनाकी बालिकालाई जाँचका लागि ल्याइयो । उनका लक्षण एडिनो भाइरसको लक्षणसँग मिल्दाजुल्दा थिए । बालबालिकाहरुमा यस्तै प्रकारका लक्षण देखिएमा ती एडिनो भाइरसको लक्षण हुन सक्ने बताउँछन् अस्पतालका पेडियाट्रिक पल्मोनोलोजिस्ट डा. जगत जीवन घिमिरे । ‘यो भाइरस नयाँ भाइरस भने होइन,’ उनले भने,‘यो भाइरस अहिले धेरैजसो बालबालिकामा देखिन थालेको छ । अभिभावकहरु यो नयाँ बिराम आयो भनेर आत्तिएका पनि छन् तर त्यो होइन । यो समस्या देखिँदै आइरहेको हो ।अहिले भने अलि धेरै देखिएको हो ।’ करिब दुई हप्तादेखि कान्ति बाल अस्पतालमा…

Read More

काठमाडौँ — भारतीय रियालिटी सो ‘सुपर डान्सर’को फ्रेन्चाइज नेपालमा पनि सुरु हुने भएको छ । साउन अन्तिमबाट प्रसारण हुने ‘सुपर डान्सर नेपाल’का लागि भौतिक र भर्चुअल अडिसन पनि भइसकेको आयोजक टिमले जनाएको छ । काठमाडौं, पोखरा, इटहरी, चितवन, बुटवल, नेपालगन्जलगायतमा अडिसन लिइएको थियो । साथै, नेपाल बाहिर नेपालभाषी भएका ठाउँका प्रतिभालाई पनि समेट्ने हिसाबले भर्चुअल लिइएको आयोजकले बताएको छ । बालबालिका लक्षित सोमा चारदेखि चौध उमेर समूहका प्रतिभाहरूबीच प्रतिस्पर्धा गराइनेछ । अभिनेता भुवन केसी, जसिता गुरुङ र कोरियोग्राफर सुरेन्द्र राई सोका निर्णायक रहनेछन् । हाँस्य अभिनेता विल्सन विक्रम राई र नृत्याङ्गना कविता नेपाली सोका होस्ट रहनेछन् ।’सुपर डान्सर नेपाल’ यस…

Read More

काडमाडौं । नेपाली फिल्म ‘पानीफोटो’ आज शुक्रबारबाट प्रदर्शनमा आएको छ ।अभिनेता खगेन्द्र लामिछानेद्वारा निर्देशित ‘पानीफोटो’ फिल्म शुक्रबारबाट देशभरका सिनेमा हलहरूमा प्रदर्शन हुने भएको हो ।नेपालमा चलेको १० वर्षे सशस्त्र जनयुद्धको परिवेशमा मञ्चन भएको नाटकमाथि फिल्म निर्माण गरिएको छ । जनयुद्धमा बेपत्ता छोराको पर्खाइमा रहेका दम्पतीको कथा फिल्ममा देख्न सकिन्छ ।फिल्ममा लेखक एवं निर्देशक लामिछाने बाहेक अनुप बराल, मेनुका प्रधान, मलिका महत, रमेश अधिकारी, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ लगायतको भुमिका रहेको छ । फिल्मको काठमाडौं, बर्दिया, रोल्पा र स्याङ्जामा छायांकन भएको हो । यो फिल्मको निर्मातामा रोजिना सिटौला र रविन्द्र बज्राचार्य छन् ।फिल्ममा दीपक बज्राचार्यको छायांकन, निमेष श्रेष्ठको सम्पादन,…

Read More

काठमाडौँ — बलिउड अभिनेता अक्षय कुमार पैसा कमाउन आफूले जस्तोसुकै भूमिका गर्न सक्ने बताउँछन् । त्यसरी कमाएको पैसालाई समाजमा फिर्ता गर्न सके पैसाकै लागि गरिएको कामप्रति कुनै खराबी नरहेको उनको भनाइ छ । ‘मानिसहरू मलाई वर्षमा कति धेरै फिल्म गरेको भन्छन् तर मैले जीवनका तीन कुरालाई बुझिसकें- काम, कमाइ र कर्म । म कमाउनका लागि निकै मेहनत गरिरहेको हुन्छु । मकहाँ आउने कुनै पनि कामलाई मैले अहिलेसम्म नाइँ भनेको छैन,’ द हिन्दुस्तान टाइम्समा उनको भनाइ उद्धृत गर्दै लेखिएको समाचारमा उल्लेख छ, ‘चाहे त्यो जस्तोसुकै भूमिका होस्, केही कुराको विज्ञापन गर्नुपरोस् अथवा कुनै कार्यक्रम किन गर्नु नपरोस् । कामले नै कमाइ…

Read More

चलचित्र ‘पानी फोटो’ साउन १३ गते अर्थात् शुक्रबारबाट प्रदर्शनमा आएकाे छ । नेपाली चलचित्र बजारमा निकै अपेक्षित चलचित्र हो खगेन्द्र लामिछानेको ‘पानी फोटो’। चलचित्रमा लामिछाने स्वयंको लेखन, निर्देशन, अभिनय र लगानी छ । अथवा भनौँ, उनकै श्रीमती रोजिना सिटाैला र रवीन्द्र बज्राचार्य चलचित्रका निर्माता हुन् । यस अर्थमा चलचित्र पानी फोटो लामिछानेको फेमिली प्रोजेक्टसँगै ‘ड्रिम प्रोजेक्ट’ पनि हो । १० वर्षे शसस्त्र जनयुद्धताका बेपत्ता सन्तान र आफन्तको कथा, त्यही द्वन्द्वले वर्तमानसम्म पनि पिरोलिरहेका परिवारहरूको कथा हो पानी फोटो । लामिछाने भन्छन्, ‘एउटा हराएको छोरालाई खोजिरहेका बुबा आमाको कथा हो पानी फोटो, बाबु आमा र सन्तान बीचमा भएको सम्बन्धको कथा हो…

Read More

असन्तुलित व्यापार घाटालाई आक्रमक रूपले सुधार गरी व्यापार नाफाको अवस्थामा रूपान्तरण गर्न सक्नुपर्छ। श्रीलंकामा नागरिक विद्रोह बिस्फोट भएको छ। राष्ट्रपतिलगायत केही विशिष्ठ पदाधिकारीहरू देश छाडेर स्वनिर्वासनमा भागेका छन्। सरकारी अधिकारीलाई जनताले शारीरिक हमला तथा आक्रमण नै गरेका दृश्य सामग्री बाहिरिएका छन्। संकट झन् व्यापक भएको छ। केही दशक पहिलेसम्म दक्षिण एसियाको सबैभन्दा समुन्नत र बलियो अर्थव्यवस्थाका रूपमा श्रीलंका गनिन्थ्यो। पौराणिक सभ्यतामा त उसँग सुनको लंका नै थियो। समय व्यतित हुँदै जाँदा सुनको लंका शब्दांश अपभ्रंश हुँदै श्रीलंका भएको मान्यता स्थापित छ। सन् २००३ देखि २०१२ सम्म लगातर लगभग ७ प्रतिशतको आर्थिक वृद्घिदर कायम थियो। लगभग ५ हजार डलरमाथिको प्रतिव्यक्ति आय…

Read More

भाइ राष्ट्रपति, दाजु प्रधानमन्त्री, अर्को भाइ अर्थमन्त्री। अझै अर्को भाइ सिँचाइ मन्त्री, भतिजो खेलकुद मन्त्री र राष्ट्रपति स्वयं रक्षामन्त्री। यो कुनै निरंकुश जहानियाँ शासनको सरकारको संरचना होइन। यो केही दिन अघिसम्म शासनारुढ समाजवादी लोकतान्त्रिक गणतन्त्र श्रीलंका सरकारको संरचना हो। २ सय २५ सदस्यीय संसद्मा १ सय ४५ सिट जितेको पार्टीले कसैलाई गन्ने कुरै भएन। प्रतिपक्ष तितरबितर र निरीह थियो। त्यसमाथि अवर्णनीय र अनुपम मेलमिलाप भएको राजनीतिका माहिर खेलाडीले भरिभराउ राजापक्ष खानदान। परिवारलाई मालामाल बनाए तापनि त्यो बेजोडको मेलमिलाप मुलुकको हकमा भने घातकसिद्ध भएको छ। राजापक्ष परिवारलाई देवता सरह मान्ने मतदाता आज ठगिएको महसुस गर्दै निराश र क्रुद्ध बनेका छन्। ‘खानदानी…

Read More

नेपाल जान टिकटका बारेमा नजिकका ट्राभल एजेन्ट मित्रसँग कुरा गरें। अहिले रसिया–युक्रेन युद्धले हवाई यातायातमा निकै असर परेको छ। त्यसैले पहिले जस्तै सिधै नेपाल जाने टिकटमा समस्या छ। यी जानकारी गराउँदै उनले अन्य दुई–तीन वटा युरोपेली मुलुकको ट्रान्जिट हँुदै नेपाल जानुपर्ने बताए। सो क्रममा कति देशले नेपाली पासपोर्टलाई ट्रान्जिट दिने तर कतिमा भिसा लगाउनु पर्ने बाध्यता देखाउनु भयो। यदि ब्रिटिस पासपोर्ट छ भने कुनै समस्या हुँदैन। नेपालको पासपोर्टलाई चाहिँ किन यस्तो ? कुनै दिन भर्खरै ब्रिटिस पासपोर्ट लिएका (नेपाली मूल) मित्रले सुनाएका थिए। दुईपटक टर्की घुम्न गएँ। दुवै भ्रमणको अनुभव कत्ति फरक छ, पहिले जाँदा टर्कीको एयरपोर्टमा अनेक सोधखोज र…

Read More

अंगोलामा केही उत्खननकर्मीले एउटा यस्तो दुर्लभ हिराको खोजी गरेका छन् जसलाई पछिल्लो ३०० वर्षको सबैभन्दा ठूलो गुलाबी हिरा मानिएको छ । १७० क्यारेटको गुलाबी हिरालाई लुलो रोज नाम दिइएको छ । हाल यो शुद्ध रुपमा छ । अब यसको कटिङ र पोलिसिङ बाँकी छ । त्यसपछि यो हिराको सही मुल्यबारे अन्दाज लगाउन सकिनेछ । अंगोलामा यो हिरालाई अष्ट्रेलियन कम्पनीका उत्खननकर्मीले भेटेका हुन् । यो दुर्लभ गुलाबी हिरालाई ‘द लुलो रोज’ नाम यसकारण दिइयो किनभने यसको पत्ता लुलो खानीमा भएको हो । लुलो खानी अंगोलाको उत्तर–पूर्वमा अवस्थित छ । यहाँको जमिनमा अत्यधिक हिरा छ भन्ने गरिन्छ । त्यसैले अष्ट्रेलियन हिरा उत्खनन…

Read More