बागमती प्रदेश,हेटाैडा । बागमती प्रदेश सरकारले पत्रकारकाे हितका लागि रकम विनियोजन गर्ने भएकाे छ ।

नेपाल पत्रकार महासँघकाे बागमती प्रदेशकाे साधारणसभामा शुभकामना मन्तव्य दिदै बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले साे सहयोगकाे घाेषणा गरेका हुन् ।

समाजलाई प्रस्तुतगर्न पत्रकारले ऐनाकाे रुपमा भुमिका खेलेकाे भन्दै मुख्यमन्त्री जमरकट्टेलले श्रमजीवी पत्रकारको हित र शुरक्षाका लागि प्रदेश सरकारले पत्रकार महासँघ बागमती प्रदेशलाई रु. ५० लाख विनियोजन गर्ने बताएकाहुन् । महासँघकाे तेस्रो प्रदेश साधारणसभा शुक्रबार दाेलखाकाे जिरीमा आयाेजित भएकाे थियाे ।

मुख्यमन्त्री जमरकट्टेलले आफू बागमती प्रदेशकाे कानुनमन्त्री रहदाकै बखत सन्चार क्षेत्रकाे महत्त्वलाई आत्मासाथ गर्दै प्रदेशमै पहिलाेपटक सन्चार रजिस्टारकाे कार्यालयकाे स्थापना हेटाैडामा स्थापना गरेकाे स्मरण गराउँदै भाेलीका दिनमा पनि पत्रकारको हक , हित र अधिकारकाे सँरक्षणमा सहयोग गर्ने बताएका थिए ।

उपत्यका बाहिर बागमती प्रदेशमा मात्रै सञ्चार रजिस्ट्रार काे कार्यलय रहेछ भने प्रदेश कार्यालयले नियमित कार्यकाे अलवा पत्रकार काे क्षमता वृद्धिका थुप्रै तालिमहरु सन्चालन गर्दैआईरहेकाे प्रदेशका रजिस्टार रेवतीप्रसाद सापकोटाले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0