Author: admin

काठमाण्डौँ / राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई वृद्ध भएको भन्दै बालकोटमै आराम गर्न सुझाएका छन् । शनिबार गण्डकी प्रदेशको सदरमुकाम पोखरामा भएको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सभापति लामिछानेले यस्तो बताएका हुन् । अब पुराना पुस्ता राजनीतिबाट विदा हुनुपर्ने भन्दै नयाँ पुस्तालाई मुलुकको नेतृत्व दिन उनले सुझाए । केपी शर्मा ओलीप्रति लक्षित गर्दै उनले भने ‘भो अब यो तपाईको वृद्ध शरीरबाट देशलाई श्रीलंकातर्फ लैजान चाहँदैनौँ । तपाई अराम गर्नुहोस् । बालकोटमै बस्नुहोस् । बरु तपाईसंग सल्लाहा लिन म आफै बालकोट जाउँला । मलाई सिंहदरबार जान दिनुहोस् । बा बालकोटमै बसौँ । बाले बालकोटमै अराम…

Read More

१३ असार, काठमाडौं । चालु आर्थिक वर्षको बजेट प्रतिनिधिसभामा प्रस्तुत भएपछि गएको १५ जेठमा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईको प्रतिक्रिया थियो, ‘म वृद्धभत्ता लिन्नँ ।’ सरकारले ७० वर्षे सीमा भत्काएर ६८ वर्षमै वृद्धभत्ता पाउने नीति लिएपछि डा.भट्टराईले भनेका थिए, ‘सामाजिक सुरक्षा भत्ता ६८ वर्षमा घटाउनुपर्ने थिएन । मैले पनि पाउने भए । म गरीव देशको वृद्ध भत्ता नलिने घोषणा गर्छु ।’ वृद्धभत्ता लिनु वा नलिनु डा.भट्टराईको व्यक्तिगत निर्णय भएपनि असारमै ६८ वर्ष पुगेकाले उनी त्यसका निम्ति वैधानिक रुपले योग्य भए । पूर्वप्रधानमन्त्री डा.भट्टराईसँगै नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष…

Read More

काठमाडौं : राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले बजेट निर्माण प्रकरणमा छानबिन गर्न बनेको संसदीय विशेष समितिले तत्कालीन अर्थमन्त्री जनार्दन शर्मालाई चोख्याएको संकेत गरेका छन्। तत्कालीन अर्थमन्त्री शर्माले बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई प्रवेश/पहुँच दिएको विषयमा छानबिन गर्न बनेको समितिको बहुमतले त्यस्तो ‘केही नदेखिएको’ प्रतिवेदन बुझाएपछि उनले यस्तो संकेत गरेका हुन्।उनले भने,‘जनता नजागेसम्म.. सिण्डिकेट निर्माण गर्नुहोस्, चोख्याउनुहोस,चोखिनुहोस्।’नभेटिएको सीसीटीभी फुटेजमा नदेखिएको दृश्यलाई उनीहरूले अन्तिम आधिकारिक प्रमाण मानेर छानबिन समितिले गहन छानबिन गर्नुपर्ने धेरै ठाउँ जानाजान छाडिदिएका छन्। समितिले मुख्य आरोपी रघुनाथ घिमिरेसँग बयान लिन चाहेन। घिमिरे, तत्कालीन अर्थमन्त्री शर्मा र अन्य अर्थ अधिकारीहरूको कल डिटेल लिनबाट पन्छियो। अर्थका कर्मचारीलाई समूह–समूहमा बयान लियो। गहन अनुसन्धान…

Read More

साउन १४, काठमाडौं । यो साता धितोपत्र बजारका सबै महत्वपूर्ण परिसूचकहरू सकारात्मक बनेका छन् । गत साताको तुलनामा यो साता सबै सूचकहरू बढेका हुन् । गत साता २ हजार १७ दशमलव ४६ विन्दुमा रहेको नेप्से परिसूचक यो साता २ हजार १४० दशमलव ५२ विन्दुमा पुगेर बन्द भएको छ । साताको कारोबारमा नेप्से परिसूचक १२३ दशमलव शून्य ६ अंकले बढेको हो । यो साता ६ कारोबार दिनमा नेप्से परिसूचक एक कारोबार दिनमात्र घटेको छ । साताको पहिलो कारोबार दिन ६१ दशमलव शून्य ५ अंकले र दोस्रो दिन ५४ दशमलव ४५ अंकले बढेको बजार तेस्रो दिन भने ४४ दशमलव ८० अंकले घटेको…

Read More

२५ कात्तिक, काठमाडौं। प्रदेश १, कर्णाली र सुदूरपश्चिमका प्रदेश प्रमुखहरुले बिहीबार पद तथा गोपनियताको सपथ लिएका छन् । बिहीबार राष्ट्रपति भवन शीतल निवासमा प्रदेश-१ का पर्शुराम खापुङ, कर्णालीका तिलक परियार र सुदूरपश्चिमका देवराज जोशीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ लिएका हुन् । मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कात्तिक २३ गते प्रदेश-१ को प्रदेश प्रमुखमा खापुङ, कर्णाली प्रदेशको प्रदेश प्रमुखमा परियार र सुदूरपश्‍चिम प्रदेशको प्रदेश प्रमुखमा जोशीलाई नियुक्त गरेकी थिइन् ।

Read More

१९ वैशाख, बुटवल । नेकपा एमालेले लुम्बिनी प्रदेश कमिटीका ६ जना सदस्यसहित २१ जनालाई कारबाही गरेको छ । कारबाहीमा पर्नेमा रुपन्देहीका १५ जना रहेका छन् । पार्टीको निर्णय विरुद्ध लागेको भन्दै उनीहरुलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिएको एमालेको प्रदेश र जिल्ला कमिटीले छुट्टाछुट्टै जारी गरेको विज्ञप्तिमा उल्लेख छ । पार्टीको कारबाहीमा परेका प्रदेश कमिटी सदस्यहरुमा कपिलवस्तुका कुमारमधु बेल्बासे, पाल्पाका रामबहादुर रावल र दिनेश रावल, प्युठानका टिकाबहादुर गुरुङ तथा रुपन्देहीका सन्जय गुप्ता र बाबुलाल यादव रहेका छन् । उनीहरु मध्ये कतिपयले स्थानीय तह चुनावमा उम्मेदवारी पनि दिएका छन् । यस्तै रुपन्देहीका ७ वटा पालिकामा स्वतन्त्र उम्मेदवारी दिएकासहित १५…

Read More

२५ चैत, पोखरा । गण्डकी प्रदेश सरकारले तत्कालीन एमाले सरकारले नियुक्त गरेका संक्रामक तथा सरुवा रोग अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद पौडेलसहित ४ पदाधिकारीलाई पदमुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई पदमुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिएका छन् । चैत १८ गतेको मन्त्रिपरिषद्को बैठकले अध्यक्ष पौडेललगायत चार जना पदाधिकारीलाई ‘पदबाट किन नहटाउने ?’ भन्दै २४ घन्टे अल्टिमेटमसहित स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । सोही निर्णयबमोजिम पदाधिकारीलाई बुधबार पत्र स्पष्टीकरण पत्र थम्याइएको थियो । अध्यक्षसहित चार जना पदाधिकारीलाई संक्रामक तथा सरुवा रोग अस्पताल व्यवस्थापन तथा सञ्चालन समिति गठनादेश २०७७ बमोजिम अध्यक्षबाट हटाउने निर्णय गरिएको जानकारी…

Read More

१३ असार, काठमाडौं । वाग्मती प्रदेश सञ्चित कोषमा लक्ष्य अनुसार रकम सङ्कलन हुन सकेको छैन । प्रदेशस्थित स्थानीय तहद्वारा नियमित रकम जम्मा नहुँदा विगत तीन वर्षदेखि नै लक्ष्यअनुसार अपेक्षित सफलता प्राप्त नभएको हो । वाग्मती प्रदेश, सार्वजनिक लेखा समितिका अनुसार चालू आर्थिक वर्षको लक्ष्य रु तीन अर्बको छ । नदीजन्य पदार्थ (दहत्तर-बहत्तर) को राजश्व बाँडफाँटअन्तर्गत चालू आबको अन्त्यतिर आइपुग्दा ३३ प्रतिशत अर्थात रु एक अर्ब मात्रै कोषमा जम्मा भएको समितिले जनाएको छ । ‘चालू आवको लक्ष्य रु तीन अर्बको हो, अहिलेसम्म रु एक अर्ब मात्रै नदीजन्यको राजश्व जम्मा भएको छ तर, यो वर्ष पनि लक्ष्य हाँसिल नहुने देखियो’ समिति सभापति…

Read More

१६ चैत, जनकपुरधाम । मधेश प्रदेश सभाको बैठक बुधबार २ मिनेट मात्र बसेर स्थगित भएको छ । बैठक सुरु हुनासाथ लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का सांसद परमेश्वर साहले गणपूरक संख्या उपस्थित नभएकाले यो बैठकलाई अगाडि नबढाउन सभामुखसँग आग्रह गरे । यस्तै, नेकपा एमालेका सांसद किशोरी साह ‘कमल’ले मन्त्रीहरुलाई प्रदेश सभामा उपस्थित भएर जवाफ दिनुपर्नेमा आफ्नो काममा व्यस्त रहने गरेको बताए । उनले १० पटकसम्म बैठकमा उपस्थित नहुने सांसदको पद स्वतः खारेज हुने विधानमा व्यवस्था भएकाले त्यसतर्फ पनि ध्यान दिन सभामुखलाई आग्रह गरे । यी दुईजना सांसदले बोले लगत्तै सभामुख सरोज कुमार यादवले बिहीबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित भएको घोषणा…

Read More

१३ वैशाख, विराटनगर । स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धनबीच प्रदेश १ का सबै जिल्लामा गठबन्धनले अपुरो तालमेल गरेको छ । प्रदेशका १४ जिल्लामा रहेका १३७ वटा स्थानीय तहमध्ये करिब आधाजसोमा सत्तारुढ दलहरुबीच चुनावी तालमेल हुन सकेन । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच चुनावी तालमेलको केन्द्रबाटै बाध्यकारी निर्णय गरेका महानगर र उपमहानगरमा समेत तालमेल भएन । मोरङ र सुनसरीमा जिल्ला तहबाट घोषित रूपमै गठबन्धन भएन । ती बाहेकका अन्य जिल्लामा पनि गठबन्धन दलबीच आंशिक सहमति जुट्यो भने अधिकांशमा प्रतिस्पर्धा हुने भएको छ । कतिपय पालिकामा केन्द्रबाट भएको सत्तागठबन्धन बाहेकका दलहरूसँग तालमेल नगर्ने…

Read More