२०८० बैशाख १५, शनिबार रत्ननगर, चितवन । नेकपा एमाले चितवन यतिखेर जिल्ला अधिवेशन अगावै सबै वडा र मातहतका जनसँगठनहरुकाे गठन – पुनर्गठन गर्ने चटाराेमा देखिन्छ ।

साेहि क्रममा एमाले रत्ननगर नगर कमिटीले पनि मातहतका वडाहरुमा धमाधम गठन- पुनर्गठन कार्यक्रम सञ्चालन गरिरहेकाे नगर अध्यक्ष इश्वरी अर्याल बताउँछन् ।

रत्ननगर -९ मा एमालेकाे शुक्रबार नै अधिवेशन सम्पन्न भएकाे छ भने अधिवेशनले तेश्राे पटक लेखनाथ आचार्यलाई अध्यक्षमा निर्वाचित गरेकाे छ ।

२३ सदस्यीय वडा कमिटीको उपाध्यक्षमा मन बहादुर थापा मगर, सचिवमा छन्दप्रसाद तिमिल्सना, उपसचिवहरुमा ज्ञानु पौडेल, प्रतिमा पौडेल चयन भएकी छन् । यसैगरी कार्यालय सचिवमा सरस्वती चौधरीलाई नियुक्त गरिएको छ ।

नेकपा एमाले केन्द्रीय संगठन विभाग प्रमुख काशिनाथ अधिकारीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य सूर्यप्रसाद लामिछाने, वागमती प्रदेश कमिटी सदस्यहरु नारायण वन, राजाराम रेग्मी, कुलप्रसाद लामिछाने, लक्ष्मी कोइराला, पार्टी नगर अध्यक्ष इश्वरी अर्याल, जिल्ला कमिटी सदस्य केशव आचार्य, नगर कमिटी उपसचिव सागर मिश्र, अनेरास्ववियु जिल्ला कमिटी सचिव अमित आचार्य लगायतको उपस्थिति रहेको थियो ।

वडा नम्बर १४ मा भने आज शनिबार वडा अधिवेशनकाे आयोजना गरिएको अध्यक्ष नवराज घिमिरेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0