२०८० चैत्र ९, शुक्रबार

`आदिवासी जनजाति साँस्कृतिक तथा व्यापार मेला – २०८०´ शुरुभएकाे छ ।

चैत्र १८ गतेसम्म नारायणी नदि किनारमा सञ्चालन हुने साे महाेत्सवकाे शुक्रबार लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले उद्घाटन गरेका हुन् ।

आदिवासी जनजातिको कला, सँस्कृति र सभ्यताको प्रवर्द्धन र परम्पराकाे जानकारी गराउने मुख्य उद्देश्यले आयाेजित साे महाेत्सवकाे उद्घाटन गर्ने प्रमुख अतिथि अमिक शेरचनले आफुले अधिकारका लागि ६५ वर्ष लडेकाे र आदिवासी जनजातिले पनि आफ्ना आधिकारका लागि निरन्तर लडिरहनु पर्ने बताए ।

शुभकामना मन्तव्य दिदै प्रमुख अतिथि शेरचनले भने याे महाेत्सव पहिचानका लागि आयाेजना भएकाेले पहिचानको आवाज गाउँ – गाउँसम्म पुग्नुपर्छ ।´

महोत्सवस्थलमा सबैभन्दा आकर्षणको केन्द्र नै आदिवासी जनजाति समुदायको गाउँ बनाइएको छ । चितवनका ११ वटा आदिवासी जनजाति समुदायको जातीय पहिचान देखिएको घर निर्माण गरिएको छ । त्यही घरले आदिवासी जनजाति समुदायको पहिचानलाई प्रष्टरूपमा झल्काएको आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापाले बताए ।
महोत्सवबाट चितवनको मात्र नभई समग्र आदिवासी जनजाति समुदायकै परिचय फराकिलो बनाएको नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)का संघीय वरिष्ठ उपाध्यक्ष बुद्ध घर्तीले बताए ।

महोत्सवको उद्घाटन हुनुपूर्व नारायणगढको क्याम्पाचौरबाट लायन्सचोक, शहीदचोक, पुल्चोक, उद्योग वाणिज्य संघ हुँदै प्रदर्शनी मैदानसम्म बृहत् शोभायात्रा निकालिएको थियो । शोभा यात्रामा चितवनका सबै आदिवासी जनजाति समुदायले भेषभूषासहित झाँकी प्रदर्शन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0