बाँके।शनिबार बिहान ८ बजेकाे आसपासमा नहरमा पौडी खेल्ने क्रममा करिब ११ वर्षका बालकको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी डिएसपी धर्मराज भण्डारीले जानकारी दिए ।

पौडी खेल्न नहरमा दुई जनाले हाम फालेकोमा उनीहरू नहरमा डुब्न थालेको थाहा पाएपछि स्थानीयले एक बालकको उद्धार गरेको तर अर्का बालक भने नहरमा बेपत्ताकाे स्थानीयहरु बताउँछन् ।

वेपत्ता भएकाे खवर प्रहरीलाई जानकारी गराइएको थियाे ।

एक युवालाई स्थानीयले उद्धार गरेर नहरबाट बाहिर निकालेपछि ती बालक सम्पर्क बाहिर गएकले मृत्युुहुने बालकको पहिचान खुल्न समस्या भएको इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी भण्डारी बताउँछन् ।

‘‘मृतक बालक को हुन् ? भन्ने अझै पत्ता लागेको छैन, वरिपरिका गाउँमा खबर गरेर सनाखत गर्ने प्रयास जारी गरेका छौँ ।’’ डिएसपी भण्डारीले भने ।

गर्मीको मौसम भएको र बिदाका दिन बालकहरू नहर तथा खोला र तलाउमा पौडी खेल्न जाने गरेकोलेप्रति अभिभावक सचेत रहन समेत डिएसपी भण्डारीले अनुराेध गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0