२०८० चैत्र ६, मँगलबार

चितवन । `एक रिटर्नी, एक उद्यम प्रविधिको माध्यम’ भन्ने मूल नारा सहित बैदेशिक रोजगारीबाट फर्केका नेकपा( माओबादी केन्द्र ) को जनबर्गिय सङ्गठन रिटर्नी सेन्टर नेपालले प्रथम राष्ट्रिय सम्मेलन चैत्र ९ र १० गते भरतपुरमा गर्ने तयारी गरेको पत्रकार सम्मेलन मार्फत आज जानकारी गराएको छ।

सम्मेलन भरतपुरको मलेवा पार्टि प्यालेसमा हुने सह-सम्योजक हेमन्त पौडेलले जानकारी गराए । सम्मेलनलाई प्रधामन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन र सम्बोधन गर्ने योजना रहेको छ।

 

रिटर्नी सेन्टरले वैदेशिक रोजगारीबाट फर्केकाहरुको श्रम,ज्ञान,सीप,पुजीं,तथा प्रबिधिलाई उपयोग गर्दै सामुहिक लगानी मार्फत स्वदेशमै रोजगारीको अवसर सृजना गर्ने लक्ष्य रहेको छ बताइएकाे छ ।

 

पत्रकार सम्मेलनमा केन्द्रीय सह-सम्योजक बागमति प्रदेश ईन्चार्ज हेमन्त पौडेल, केन्द्रीय सह-सम्योजक गण्डकि प्रदेश ईन्चार्ज रामचन्द्र अधिकारी क्षेत्री, केन्द्रीय सचिव भिम लकान्द्री , केन्द्रीय सचिवालय सद्स्य बालकृष्ण मरासिनि, बाग्मति प्रदेश सद्स्य धर्मराज खनाल ,मनोज कुमार भुजेल, चितवन जिल्ला ईन्चार्ज कबिराज कडेल, सम्योजक निमकान्त पाण्डे , भरतपुर महानगर ईन्चार्ज साझाराम बिक साथै वाईसियल केन्द्रिय सदस्य किरण धामि को पत्रकार सम्मेलनमा सहभागिता रहेको थियो ।

 

भरतपुर महानगरपालिकाले यस बर्ष `भरतपुर भ्रमण बर्ष´ मनाईरहेकाे परिप्रेक्षमा साेहि कार्यक्रमलाई समेत लक्षित गर्दै भरतपुरमै सम्मेलनकाे आयाेजना गरिएको रिटर्नी सेन्टर भरतपुरका सँयाेजक निमकान्त पाण्डेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0