२०८० चैत्र ६, मँगलबार

वीरेन्द्रनगर नगरपालिका–४, को पर्यटकीय स्थल सहिदपार्कको गेट नजिकै मृत फेला परेका अछामका किशोरको पकेटमा सुसाइड नोट फेला परेको छ । जसमा अछामको रामारोशन गाउँपालिका–४, बाटुलासेनका १८ वर्षीय मनोज खनालले आफ्नो आमा, बुबासँगै गृहमन्त्री रवि लामिछानेलाई सम्बोधन गरेको भेटिएको हो ।

शनिबार झुण्डिएको अवस्थामा फेला परेका मनोज बुधबारदेखि वीरेन्द्रनगरबाट सम्पर्कविहीन भएका थिए । उनको हत्या गरिएको हो वा आफैँले आत्महत्या गरेका हुन् भन्ने विषयमा अहिले प्रहरीले अनुसन्धान गरिरहेको छ । तर, उनको पाकेटमा भने प्रहरीले ‘सुसाइड नोट’ फेला पारेको छ । जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता कृष्णबहादुर खड्काले उनको पाकेटमै उक्त नोट फेला परेको हुनाले उनले नै लेखेको हो कि भन्ने अनुमान प्रहरीले गरेको बताए ।

प्रहरीका अनुसार मनोजले सुसाइड नोटमा लामिछानेलाई आफ्नो परिवारलाई सान्त्वना दिन भन्दै आग्रह गरिएको छ । साथै उनले भाइको इच्छा पूरा गरिदिन आग्रह समेत गरेका छन् । नोटमा लामिछानेलाई ०८४ सालमा प्रधानमन्त्री हेर्न मन भएको तर नपाएको पनि उल्लेख छ ।

[सूचना स्रोतः रातोपाटी]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0