२०८० चैत्र ७, बुधबार

चितवन । पत्रकार महासंघ चितवनका सल्लाहाकार समेत रहेका प्रेस चौतारी चितवनका अग्रज तिलकराम रिमालले जन्मदिनको अवसरमा प्रेस चौतारी चितवनको भवन निर्माण र प्रेस चौतारी पत्रकार कल्याणकारी कोषका लागि  आर्थिक सहयोग गर्नुभएकाे छ ।

प्रेस चाैतारीकाे इतिहासमै आफ्नै पहिलाे भरतपुर महानगरपालिका ११ बसेनीमा निर्माणाधीन भवनका लागि पत्रकार रिमालले ५५ हजार ५ सय ४५ सहयाेग गर्नुभएकाे छ भने प्रेस चौतारी चितवनले स्थापना गरेको पत्रकार कल्याणकारी कोषका लागि ५ हजार ५ सय ४५ रुपैयाँ आर्थिक सहयोग समेत प्रदान गर्नुभएकाे छ ।

पत्रकार रिमालले आफ्नो वुवा भेषराज रिमालको चैत ८ परेको ८४ औं जन्मदिनको सन्दर्भ पारेर भवन निर्माणमा सहयोग गरेको  बताउनुभयो ।। रिमालले बुवा भेषराज र आमा गौरीदेवी रिमालको नाममा रहने गरी सहयोग गरेको बताउनुभयाे ।

चितवनमा कान्तिपुर हेल्थ दैनिक सञ्चालन गर्दै आएका रिमालले प्रेस चौतारीको देश कै पहिलो भवन चितवनमा निर्माण हुनु सुखद कुरा भएकोले त्यसलाई सहयोग गर्न पाउँदा खुसी लागेको बताउनुभयो । चाैतारीकाे साे भवन निर्माणले पत्रकारहरुको संस्थागत विकास र दक्षता अभिवृद्धिमा टेवा पुग्ने विश्वास लिएको बताउँदै रिमालले आगामी दिनमा पनि आफुले थप सहयोगका लागि पहल गर्ने बताउनुभयो ।

प्रेस चौतारी चितवनका अध्यक्ष सुवास पण्डितले भवनका लागि सहयोग गर्ने अग्रज पत्रकार रिमाललाई धन्यवाद दिँदै भवनले निकट भविश्य मै पूर्णतामा आफू विश्वस्त रहेकाे बताउनुभयो ।

प्रेस चौतारीले जिल्लाका पत्रकारहरुलाई समस्या पर्दा साथ तथा सहयोग गर्न पत्रकार कल्याणकारी कोष स्थापना गरेर त्यससम्वन्धी कार्यविधीसमेत बनाएको छ भने उक्त काेषमा डेढ लाख रकम संकलन भैसकेको अध्यक्ष पण्डितले जानकारी दिनुभयो ।

समाजसेवी केशव कार्कीले प्रेस चौतारी चितवनलाई उपलब्ध गराउनुभएकाे झण्डैं ७० लाख पर्ने १० धुर जग्गामा अहिले भवन बनिरहेको छ । सो जग्गामा बन्दै गरेको भवनको लागत १ करोड ५० लाख छ ।

भवनको दोस्रो तला ढलानको काम सकेर तेस्रो तला ढलानको तयारी हुँदैछ । पहिलो तला भित्र फिनिसिङको काम भैरहेको छ । भवनमा आर्थिक सहयोग जुटाउन चौतारी चितवनले गत बर्ष वृहत सांस्कृतिक तथा साहित्यिक कार्यक्रम आयोजना गरेको थियो ।

भवनका लागि विभिन्न व्यक्ति तथा संघसंस्थाहरुले सहयोग गर्दै आएका छन् । भवनको भूईं तलामा कार्यालय कक्ष रहनेछ । पहिलो तलामा कार्यक्रम गर्न मिल्ने हल बन्ने जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0