चितवन । श्रमकाे मूल्य माग्दापनि भीख मागेसरह ज्यू हजुर गर्नुपर्ने परिस्थितिकाे विरुद्धमा चितवनका श्रमिकको पक्षमा दृढभएर उभिने क्यूपेक चितवनका अध्यक्ष गाेविन्द खनालले बताएका छन् ।

फागुन २६ गते सम्पन पाँचाै जिल्ला अधिवेशनबाट चितवनकाे अध्यक्षमा निर्वाचित भएसँगै पत्रकारसँग सँक्षिप्त कुराकानीका क्रममा उनले साे बताएका हुन् ।

‘ मजदुरहरुकाे श्रमलाई कम आँकलन गर्ने र आफुहरु मालिक हाैँ भन्ने साेच परिवर्तन नभएसम्म श्रमिकहरुकाे सम्मान नहुँने बताउँदै अध्यक्ष खनालले भने `यहाँ सबै श्रमिक छन्, बस् काेहि सँगठित श्रमिक जसले कामगर्ने स्थानलाई अफिस भन्लान् र उनलाई कर्मचारी भन्दिए खुशी हाेलान् । काेहि असँगठित श्रमिक, जसलाई खेताला भन्लान, ज्यामी भन्लान् या मजदुर ।´

काेहि सरकारी मजदुर हाेलान् जसले नियुक्तिका आधारमा सेवा सुविधा र पैसा बुझ्लान् ,कुनै कामकाे प्रकृतिका आधारमा काम भ्याय बापतकाे रकम लेलान् वा दैनिकी गुजारेर – सबै मजदुर हुन् । म तपाईंको मजदुर तपाईं मेराे मजदुर बस् , उनले भने । क्यूपेक बिजुली , प्लम्बिङ तथा भवन निर्माणमा कामगर्ने मजदुरहरुकाे सँगठित  नेपालकाे कानुन द्वारा दर्ता भएकाे देशभर सञ्जाल भएकाे सँस्था हाे ।

हरेक श्रमिक साथीहरूले आफ्नाे कामप्रति गर्व गर्न र पेशाप्रति इमानदार हुन अनुराेध गर्दै अध्यक्ष खनालले भने `जबसम्म हामी हाम्राे पेशालाई हाम्राे याेग्यता ठान्दैनाैँ र आफुलाई कुशल श्रमिक बनाउने तर्फ ध्यान दिदैनाैँ – हामीलाई समाजले हेप्ने दुस्साहस गरिरहने छ । हामी सँगठित हाैँ । शीपलाई याेग्यतामा बदलाैँ ।´ उनले भने हामी तालिम , शिप र याेग्ताले पूर्ण प्रविधिक र प्राविधिज्ञ हाैँ । अरुकाे याेग्यता कागजले नापिदेला तर हाम्राे याेग्यताहरु दैनिक कार्यक्षेत्रमा नापिने छ र हामी हरेक दिन उत्कृष्ट हुनुपर्ने छ ।

 

´ उनले भने ` सबै श्रमिक प्रविधिक साथीहरूले आफुले काम गर्ने समय अगावै आफुले पाउने ज्याला वा श्रमकाे मूल्य पहिल्यै किटान गर्नुहाेस् , आवश्यक परे सँगठनसँग परामर्श लिनुहाेस् वा पाकाे हुनेप्रकारकाे कागजी प्रमाण बनाउनुहाेस् । काम पूरा भैसकेपछि पनि कस‌ले पाउनुपर्ने मूल्य वा श्रमकाे रकम भुक्तान गर्न आनाकानी गर्छभने तुरुन्तै जिल्ला सँगठनसँग सँपर्क गर्नुहाेस् हामी श्रमिक प्रविधिक हाै कसैका कमारा हाेईनाै ,श्रमकाे ज्याला लिन कुनै कसर बाँकी राखिने छैन ।´

 

शनिवार सम्पन्न अधिवेशनले गाेबिन्द खनालकाे अध्यक्षतामा १३ सदस्य क्यूपेक जिल्ला कमिटी निर्विरोध गठन  निर्वाचन मण्डलले जानकारी दिएकाे छ । कमिटीकाे उपाध्यक्षमा गाेपाल मगर , सचिवमा शिव चापागाईं निर्वाचित भएका छन् भने राममणी पण्डित काेषाध्यक्षमा र टुकनाथ सुवेदी सह – सचिवमा चुनिएका छन्।

यसैगरि सदस्यहरुमा भने अर्जुन तामाङ ,ओमप्रकाश अमगाईँ,नारायण काप्ले ,गिता सिँखडा,साेभाकर अधिकारी ,राजेन्द्र पाैडेल,शँकर सुवेदी र गाेविन्द घिमिरे निर्वाचित भएकाछन् । निर्वाचित कार्यसमितिलाई प्रमुख अतिथि तथा क्यूपेक नेपालका केन्द्रीय अध्यक्ष शान्ताबस्नेतले बधाई तथा शुभकामना दिनुभएकाे थियाे ।

जिफन्टकाे बागमती प्रदेश शिक्षा समितिका सदस्य समेत रहेका अध्यक्ष  खनाल सिटिइभिटिबाट लिईने सीप परिक्षणका लागि मान्यता प्राप्त परिक्षण प्रशिक्षक हुन् भने राईजिङ नेपाल टेक्निकल कलेजका सञ्चालक समेत हुन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
1
+1
0
+1
0