२०८० फागुन २८, साेमबार

रत्ननगर , चितवन । साैराहा चाेकस्थित साहारा सुपर मार्केट भित्र रहेकाे सुहाना फेन्सी कलेक्सनमा गएराति आगलागी भएकाे छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार विद्युत सर्ट भै आगलागी हुँदा मन्जु सापकोटाले सन्चालन गरेकाे फेन्सी पसलमा आगलागी भएकाे हाे । राति करिव ११: ३० बजे आगलागी भएकाेमा भरतपुर र खैरहनीबाट गएकाे दमकल र स्थानीयकाे सहयोगमा राति १२ बजे आगाे नियन्त्रणमा आएकाे थियाे ।

आगलागीबाट भएकाे क्षेतीकाे भने विवरण आईसकेकाे छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0