२०८० फागुन १४, साेमबार

चितवन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) चितवनले पार्टीका विभिन्न संगठनलाई मजवुत बनाउँदै एमालेलाई जनताकाे घरगाँगन र दु:खसुखसम्म पुर्याउन भन्दै आजबाट ‘जनतासँग एमाले अभियान ‘ सुरु गरेको छ ।

एमाले संगठन विभागका प्रमुख काशीनाथ अधिकारीले चितवनका ७ वटै पालिकाका अध्यक्ष एवम् इन्चार्जहरुलाई डेढ महिने कार्ययोजनासहित माइन्यूट् हस्तान्तरण गर्दै एमालेलाई जनताकाे भराेशाकाे पार्टि बनाउन जनताकाे घरघरमा पुगेर प्रतिक्रियामा सामेल हुनुपर्ने बताए ।

कार्यक्रमकाे दाैरानमा पालिका अध्यक्षहरु मार्फत हरेक वडा वडामा योजनावद्ध कार्यक्रमहरुसहितका माइन्यूटस् सहित नेता कार्यकर्ता क्रियाशील हुने छन् जसलेगर्दा वडाको सम्पूर्ण विवरण सहितको विवरण आउने, एमालेलाई वडा वडामा क्रियाशील गराएर जनतासँग जोड्न प्रभावकारी हुने विश्वास पार्टीले लिएको एमालेका चितवन जिल्ला अध्यक्ष रामप्रसाद न्याैपानेले बताए । जिल्लाका ९८ वटै वडामा एमालेले वडा संयोजक र सहसंयोजकहरु तोकेर जिम्मेवारी प्रदान गरेको छ ।

विभिन्न सूचकहरुको फारमसमेत वडामा पठाइएको एमाले चितवनका अध्यक्ष न्यौपानेले बताए । कार्यक्रममा समाजवादी प्लानर डा. आरसी लामिछानेले सकारात्मक सोच तथा एमालेले गर्नुपर्ने दायित्व र जिम्मेवारीहरुका बारेमा आफ्नो प्रस्तुतिकरण दिएका थिए ।

एमाले पोलिट्ब्यूरो सदस्य एवम् मकवानपुर जिल्ला इन्चार्ज देवी ज्ञवाली, केन्द्रीय सदस्यहरु जगन्नाथ थपलिया, प्रभा बराल, यमबहादुर परियार, शिवकुमारी गोतामे लगायत प्रदेश कमिटीका नेताहरुको उपस्थिती रहेको थियो। बराल, यमबहादुर परियार, शिवकुमारी गोतामे लगायत प्रदेश कमिटीका नेताहरुको कार्यक्रममा उपस्थिती रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0