२०८० फागुन १४ , साेमबार चितवन । मन्त्रीपरिषदकाे आज बसेकाे बैठकले भरतपुर महानगरपालिकाका मेयर रेणु दाहाललाई अवार्ड ग्रहणगर्नका लागि बेलायत भ्रमणका लागि स्वीकृति प्रदान गरेकाे छ ।

मेयर दाहाल बेलायत द्वारा प्रदान गरिएको ` इन्टरनेशनल मेयर अवार्ड ´ ग्रहणका लागि मार्च ४ तारिक लण्डन पुग्ने कार्यक्रम तय भएकाे वहाँकाे सचिवालयले जनाएको छ। मेयर दाहाल बेलायती तल्लाे सदन `हाउस अफ कमन्स ´ मा मार्च ७ तारिकमा आयाेजनाहुने अवार्ड समाराेहमा सहभागी भै १२ मार्चमा नेपाल फर्कनु हुनेछ ।

भरतपुरमा दाहालले गरेको कामको कदरस्वरूप यो अवार्ड पाएको सचिवालयको दाबी छ । मार्च ६ मा लण्डन दूतावासमा ‘भिजिट भरतपुर २०२४’ अभियानमा केन्द्रित कार्यक्रममा उनले भाग लिनेछन् । मार्च ८ तारिख बेलायतस्थित माओवादी कार्यकर्ता एवम् नेपाली समुदायका प्रतिनिधिसँग छुट्टाछुट्टै भेट्ने उनको कार्यक्रम तय भएको छ ।

त्यस्तै दाहालले मार्च ९ मा लेष्टर सिटी काउन्सिल र मार्च १० मा लन्डनको रोयल ग्रीनवीच बरोको अवलोकन भ्रमण गर्नुहुने छ । । मार्च ११ मा नेपाली तथा बेलायती व्यवसायी एवम् लगानीकर्तासँग अन्तरक्रिया हुनेछ । एक साता लामो बेलायत भ्रमणका क्रममा मेयर दाहालले त्यहाँका केही स्थानीय निकायहरुको अवलोकन गर्नुहुने छ ।  साथै राजनीतिक व्यक्तिहरुसँग भेटघाट र नेपाली समुदायसँग अन्तरक्रिया कार्यक्रम पनि राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0