२०८० फागुन २, बुधबार

चितवन। भरतपुर ११ स्थित बसेनीमा बन्दैगरेकाे प्रेस चाैतारी नेपाल चितवनकाे भवनकाे पूर्णतामा सहयात्री हुँदै भरतपुर – ४ का दयाराम कँडेलले आर्थिक सहयाेग गर्नुभएको छ।

विगत १५ वर्षदेखि जापान बस्दै आउनुभएका कँडेलले नेकपा एमाले चितवनका अध्यक्ष रामप्रसाद न्याैपाने सहितकाे राेहवरमा चाैतारी चितवनका सँस्थापक अध्यक्ष रामबाबु सुवेदीलाई २५ हजार ६ सय रुपैयाँ हस्तान्तरण गर्नुभएको चाैतारी चितवनका अध्यक्ष सुवास पण्डितले जानकारी दिनुभयो ।

‘एमाले निकट भएकाे नाताले पनि हाेला चितवनमा चाैतारी भवन बन्नलागेकाेमा खुशी थिएँ, देशकै पहिलाे भवनका रुपमा चितवनमै बन्ने भएपछि केहि त सहयाेग गराैँ भन्ने भाव आयाे अनि सहयाेग गरेँ ।’ – रकम हस्तान्तरण गर्दै कँडेलले भन्नुभयाे । आर्थिक सहयाेग गर्नुहुने कँडेल प्रति कृतज्ञता ज्ञापन गर्दैएमाले जिल्ला अध्यक्ष न्याैपानेले सहयोग कँडेल प्रति धन्यवाद व्यक्त गर्नुभएको थियाे ।

भरतपुरमा बन्नलागेकाे चाैतारी भवन नेपालमै आफ्नै जमिनमा बनेकाे पहिलाे प्रेस चाैतारी नेपालकाे भवन हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0