२०८० फागुन २, बुधबार
उद्योग बाणिज्य सँघ चितवनका कार्यसमिति सदस्य समेत रहनुभएका व्यवसायी उपेन्द्र पण्डितले प्रेस चाैतारी नेपाल चितवनकाे भवन निर्माणका लागि आर्थिक सहयाेग गर्नुभएको छ। आफ्नाे जन्मदिनको अवसरमा पण्डितले चाैतारी चितवनका अध्यक्ष सुवास पण्डितलाई २५ हजार रुपैयाँ हस्तान्तरण गर्नुभएको अध्यक्ष पण्डितले जानकारी दिनुभयाे ।
रतनपुर चितवन मिलन समाजका सहसचिव समेत रहनुभएका व्यवसायी पण्डितले जन्मदिनकै अवसरमा तनहुँकाे भानु नगरपालिका वडा नम्बर १२ स्थित रतनपुर अर्चलेमा रहेको श्री राष्ट्रिय जलदेवी आधारभूत विद्यालयका ३८ जना बालबालिकालाई पाेशाक , कापीकलम लगायतका सामाग्री समेत वितरण गर्नुभएकाे थियाे ।
सहयाेगकर्ता पण्डितले ‘जन्मदिन जस्ता विभिन्न अवसरमा फजुल खर्च गर्नुकाे सट्टा यस्ता समाज प्रति लामाे समयसम्म सकरात्मक प्रभाव पार्ने कार्यमा सहयाेग गर्नु उत्तम ठानेर मैले चाैतारी भवनलाई पूरागर्ने कार्यमा थाेरँ भएपनि सहयोग गराैँ भन्ने भावनाले सानाे सहयोग गरेकाे हुँ , आगामी दिनमा पनि सहयोगका लागि पहल गर्नेछु’ भन्ने प्रतिवद्भता सहित २५ हजार रुपैयाँ चाैतारी चितवनका अध्यक्ष सुवास पण्डितलाई हस्तान्तरण गर्नुभएकाे अध्यक्ष सुवास पण्डितले जानकारी दिनुभयाे ।
प्रेस चौतारीको देशकै पहिलो भवन प्रेस चौतारी चितवनमा निर्माण हुनु खुसीको कुरा भएको भन्दैं पण्डितले भवन निर्माणले चाँडै नै पूर्णता पाउने विश्वास ब्यक्तगर्दै आगामी दिनमा भवनका लागि आफूले ब्यक्तिगत रुपमा र अन्य साथीहरुबाट समेत सहयोग जुटाउन पहल विश्वास ब्यक्त गर्ने गर्नुभएको थियाे ।