२०८० फागुन २, बुधबार

रामलाल कुमाल

कालिका, चितवन। केही समय अगाडि  विद्यालय व्यवस्थापन समितिको निर्णयले श्री आधारभूत विद्यालय जुटपानी कालिका ७ मा सरस्वती मन्दिरको निर्माण गर्ने निर्णय गर्यो । आवस्यक रकमकाे जाेरजाम भयाे पनि । विध्यालयकाे प्राङ्गणमा निर्माण गरिएकाे उक्त मन्दिर भित्र स्थापना गरिएको सरस्वतीकाे मुर्तिमा हिजाे फागुन १ गते सनातन बैद्धिक विधिद्वारा प्रणाप्रतिष्ठा सम्पन गरिएकाे छ भने आज माघ २ गते विधिवत रुपमा उक्त मन्दिरको उद्घाटन गरिएको गरिएको छ।

मन्दिर उद्घाटन कार्यक्रममा चन्दादाताहरूलाई सम्मान गरिनुकाे साथै उक्त विद्यालयलाई जग्गा उपलब्ध गराउनुहुने समाजसेवी गिरबहादुर बस्नेतलाई दोसल्ला ओडाई सम्मान समेत गरिएको छ।

कार्यक्रममा प्रमुख अतिथि वडाका वडा अध्यक्ष श्री कमलराज मोक्तानज्यूले उद्घाटन गर्नुभएको उक्त कार्यक्रममा कार्यपालिकाका सदस्य दीपक परियार, वडा सदस्य, सन्तबहादुर सिन्जाली मगर, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रिल बहादुर मगर लगायत चन्दादाता गोपी गुरुङ लगायतका अतिथिहरुकाे मन्तव्य सहितकाे उपस्थिति रहेकाे थियाे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रिल बहादुर मगर को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमकाे सञ्चालन विद्यालयका सहायक प्रधानाध्यापक मदन खनाले गर्नुभएको थियाेभने समग्र कार्य सम्पादनकाे सहजीकरण भने विद्यालयका प्रधानाध्यापक लेखनाथ भट्टले गर्नुभएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0