२०८० माघ २५, बिहीबार

सरकारकाे चलचित्र सेन्सरसीपकाे कुराले सराेकारवालहरु झस्किएका छन् ।

‘ सेन्सरबाेर्डले  सिनेमामा सेन्सर लगाउने कुरा गर्नुभनेकाे नै समाजकाे यथार्थतालाई  उजागर गर्न समेत नदिने चाल हाे,याे सरासर सत्ताकाे समाज माथिकाे दादागिरी गर्ने साेच हाे ।’- वरिष्ठ चलचित्रकर्मी तथा सिने निर्देशक मनाेज पण्डित सरकारकाे निर्णयका कुराप्रति पूरै असहमतिका साथ प्रतिक्रिया दिएका छन् ।

‘ याे सत्ता आफुलाई ठान्दछ कि – समाज सुधार्ने ठेक्का आफ्नाे मात्र हाे , तर हेक्का विर्सन्छ ‘श्रृजनात्मक स्वतन्त्रता माथि लाग्ने सबैखाले अँकुसकाे समाजले डटेर सामना गर्दछ ।

‘चलचित्रलाई मर्यादित बनाउन भन्दै सेन्सर बाेर्ड मार्फत चलचित्रमा सेन्सर लगाउने र वर्गीकरण समेत गर्ने सम्बन्धि नीतिगत कार्यका लागि सरकार भने लागिरहेकाे छ।

दक्षिण एसियाली चलचित्र महाेत्सवका लागि लघु चलचित्र ‘ कृयापुत्री ‘ काे लेखन तथा निर्देशन समेत गर्नुभएका बरिष्ट कलाकार , लेखक तथा निर्देशक केदार दवाडी भन्नुहुन्छ ‘ समाज, राज्य सञ्चालन गरिरहेका शासककाे चेतना भन्दा अगाडि बढेकाे छ भन्ने सत्ताधारीलाई चेत नै छैन। ‘

दवाडी भन्छन्- चलचित्रले समाजकाे मर्यादामा खलल त के कुरा बरु समाजकाे यथार्थताकाे चित्रण , समस्या र सुधारका लागि गर्नुपर्ने याेगदानकाे बारेमा कला द्वारा प्रस्तुत गर्दछ ।

सरकारले “चलचित्र कार्यविधि – २०८०’ ल्याउने तयारी गरिरहेकाे छ भने सिनेक्षत्रका जानकारहरु भने कला सस्कृति र सिने जगतकाे ज्ञान नै नभएकाहरु द्वारा गरिनलागेकाे याे कसरत सर्वथा गलत छ । उनीहरु भन्दछन् ‘ याे राज्य सत्ताकाे  पस्चगामी साेच र चिन्तन हाे ।

सिनेक्षेत्रका विज्ञ मनाेज पण्डित भन्दछन्’ यसकाे डटेर सामना गरिने छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0